२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकाकूल छ तनहुँको काउरे गाउँ



अ+ अ-

तनहुँ । जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उहाँसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको हो ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् ।

अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर बेपत्ता भएका थिए । बेपत्ता दुवैजनाको शव फेला परेपछि अहिले गाउँ शोकमा डुबेको नगरप्रमुख पण्डितले बताउनुभयो ।

“अहिले मृतकका परिवारलाई सान्त्वना दिन स्थानीय, शुभचिन्तकको घुइँचो लागेको छ । घट्नाले सिङ्गो नगर शोकमा डुबेको छ”, उहाँले भन्नुभयो । नगरप्रमुख पण्डितका अनुसार नगरपालिकाको तर्फबाट घाइते सबैको उपचार तथा मृतकका परिवारलाई किरियाखर्च दिने निर्णय भएको जानकारी दिनुभयो ।

मृतक तीनै जनाको शव परीक्षण गरी आफन्तको जिम्मा लगाई जातीय पराम्परा अनुरुप दाहसंस्कार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालीको शनिबार, बाँस्तोला र भण्डारीको आइतबार बिहान खोजीका क्रममा शव भेटिएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी तथा उद्धारमा जुटेका थिए । रासस