५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण



अ+ अ-

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा  ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन ३४ लाख बढीलाई एसएमएस सम्प्रेषण गरेको हो ।

विभागका प्रवक्ता सुनिल पोखरेलले बाढीबाट हुन सक्ने धनजनको क्षति न्यूनिकरण गर्ने लक्ष्यले जनचेतनाका लागि एकै दिनमा ३४ लाखको हाराहारीमा सर्वसाधरणलाई एसएमएस पठाएको जानकारी दिनुभयो ।

“बाढीको जोखिम भएका क्षेत्र आसपासमा बस्ने सर्वसाधरणलाई सचेत गराउन हामीले एसएमएस पठाएका हौँ”, उहाँले भन्नुभयो, “सर्वसाधारणको मोबाइलमा एसएसएस पठाएपछि जोखिममा परेका सुरक्षित स्थान जान सक्छन्, जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सचेतना अपनाउन सकिन्छ भनेर एसएमएस पठाउने गरेका छौँ ।”

विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले यस वर्ष विभागले मनसुनजन्य घटना तथा जानकारीसम्बन्धी करिब ९० लाख एसएमएस सर्वसाधरणलाई पठाउने योजना बनाएको जानकारी दिनुभयो । “प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गछौँ, यसले तीन दिनसम्मको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।

“बाढी र वर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धार तथा मद्दत माग्न ११४९ को व्यवस्था गरिएको महानिर्देशक कर्माचार्यले जानकारी दिनुभयो । बर्सेनि ९० लाख हाराहारीमा एसएमएस सम्प्रेषण गरेर मनसुनजन्य विपत्तीबाट हुने क्षति न्यूनिकरण गर्ने प्रयास गरेका भन्दै यस वर्ष पनि सोही मात्रामा सम्प्रेषण गरिने उहाँले बताउनुभयो ।

विभागका महानिर्देशक कर्माचार्यका अनुसार विभागसँगको समन्वयमा नेपाल टेलिकम र एनसेलले बाढीको पूर्वसूचना उपलब्ध गराउन नि:शुल्क एसएमएस प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर ९एमओयू० भएको छ ।