१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको सेवा प्रवाह अवस्थाबारे अनुगमन



अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न पालिका (स्थानीय तह) मा विकास निर्माणको पछिल्लो सेवा प्रवाहको अवस्थाबारे अनुगमन थालेको छ । 

जिल्लाभित्र विभिन्न पालिकाभित्र सञ्चालन भएको विकास निर्माणको योजनाको अवस्था साथै ती पालिकाले जनतालाई पु¥याउँदै आएको सेवा प्रभावको पछिल्लो अवस्थाबाट प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितको टोलीले अनुगमन गरेको हो  । प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख सम्मिलित टोली आज जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिका पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको छ ।  

अनुगमनपश्चात् प्रमुख जिल्ला अधिकारी रिजालले पालिकाभित्र हुने सबै विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने र सेवा प्रभावलाई थप सजिलो बनाउन प्रशासनकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै गाउँपालिकामा भएको दुई फरकफरक कार्यक्रममा सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले त्यहाँका विविध विषयवस्तुबारे थप प्रकाश पारेका थिए । 

दुई महिनाअघि सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रिजालले आगामी दिनमा जिल्लाका अन्य पालिकामा समेत पुगेर त्यहाँ विकास निर्माणको अवस्था र कार्यालयबाट पु¥याइने सेवा प्रभावबारे अनुगमन गरी आवश्यक स्थानमा थप सुधार गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।