२० आश्विन २०८१, आईतवार
,
Latest
सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली प्रकोपको एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताउनु भयो । उहाँले संविधानलाई सबैले मान्नुपर्ने बताउनु भयो । उहाँले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताउनु भयो । उहाँले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले त आठ, नौ महिला पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो हुन थालिसक्यो अब त । नेपाली काँग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनयो । उहाँहरुको बीचमा के मिलेन, फेरि काँग्रेससँग आयो । त्यसपछि फेरि काँग्रेसलाई छोडेर एमालेसँग मिल्नुभयो । यो अस्थिरतालाई कहिलेसम्म हामीले बोकिरहने ? भन्ने मलाई लाग्यो । म बोलि पनि रहेको थिएँ । त्यसकारण हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ ? किनभने संविधानको डकुमेण्ट ठूलो छ । त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला । ति धेरैकुरामा छेडखानी गर्नथाल्यौँ भने संविधान सुधार हुँदैन । कम्तिमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जानसक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ की । जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरु पनि थियो । मुख्य त्यही थियो ।’

‘समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन । समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन । त्यसैले मैले महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गरौँ । महिलाको बीचमा प्रतिष्पर्धा गरौँ । दलितको बीचमा प्रतिष्पर्धा गरौँ । यो कुरालाई अघि बढाउँ भन्ने लाग्यो र धेरै पहिलादेखि नै बोलेको थिएँ । सबै साथीहरुसँग कुरा गर्दा अन्तत्वगत्वा आएको छ, तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा न्दिएपछि संविधानत: के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’

नेता कोईरालाले गिरिजाप्रसाद कोईरालाले लिनुभएका संकल्पलाई ध्यानमा राखेर काँग्रेस अघि बढ्ने बताउनु भयो ।