१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन् ।

बुधवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक बिरोध स्वरुप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताउनु भयो । उहाँले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताउनु भयो । उहाँले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो आन्दोलन १४ गतेदेखि शुरु गरेका हौँ । धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गर्दै आइरहेका छौँ । यो हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो । समायोजन गर्दा दरबन्दी भन्दा बढी समायोजन गर्‍यो । त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो । त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ । संघमा संख्या १० र समायोजन २० गरेजसरी बढी संख्यामा समायोजन गरेको थियो । त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो । हाम्रो वृद्धि विकास पूरै ठप्प भयो । दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हाँै । हामी सबै अधिकृतहरुले हाजिरी गरेका छैनौँ, सबै बिदामा बसेका छौँ ।’

उहाँले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरु बिदामा बसेको पनि बतउनु भयो ।