• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु ★   त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए – शिक्षामन्त्री ★   प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः एमाले ★   तत्काल राजीनामा दिएर नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध ★   वेब सिरिज ‘घर बट इन अमेरिका’बाट १० वर्षपछि अरुणिमा लम्सालको कमब्याक ★   पूर्वमन्त्री आलेद्वारा उपचार सहयोग प्रदान ★   सिद्धार्थ राजमार्ग भासियो

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता



symbolic picture

नेपालगन्ज । भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको भन्दै उच्च सतर्कता अपनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सबै पालिकामा डेङ्गुको सङ्क्रमण देखिएको उल्लेख गर्दै नियन्त्रण गर्न लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्ने अभियान सुरु गर्न लागेको जनाएको छ । बाँकेका डेङ्गु रोग सम्पर्कव्यक्ति दुर्गा गौतमले  बाँकेमा चालु आर्थिक वर्षको हालसम्म चार सय पाँचजना डेङ्गुका सङ्क्रमित भेटिएको जानकारी दिँदै यसलाई नियन्त्रण गर्न वडास्तरमा पनि कार्यक्रम सुरु गर्न लागेको बताउनुभयो ।

जिल्लाका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा छजना डेङ्गुका बिरामी छन् ।

“बिरामीको सङ्ख्या बढ्दै गएको छ र अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएकाले डेङ्गुको सङ्क्रमण बढदो देखिएको छ,” गौतमले भन्नुभयो ।

जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने समय नजिक आएको र यसको नियन्त्रणमा ध्यान दिन आवश्यक रहेको डेङ्गु रोग सम्पर्कव्यक्ति गौतमले बताउनुभयो । उहाँले रोग नियन्त्रणका लागि सीमामा पनि निगरानी बढाउनु आवश्यक भएको बताउनुभयो । उहाँले डेङ्गुको सङ्क्रमण भएको लामखुट्टेले एक पटकमा करिब चारदेखि पाँच जनासम्मलाई रोग सार्ने क्षमता रहेको जनाउँदै पछिल्लो छ महिनायता मात्रै नेपालगञ्जमा एक हजार दुई सय ६८ जना डेङ्गु रोगबाट सङ्क्रमित भएका  बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डेङ्गु नियन्त्रणका लागि जिल्लाका सबै सार्वजनिक स्थानलगायत प्रत्येक कार्यालयहरूमा सरसफाइ अभियान चलाउन निर्देशन दिनुभएको छ ।

डेङ्गुको विषाणुद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई र एडिस एलबोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो । रासस