• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह ★   मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा ★   सप्तकोशी ब्यारेजका ४५ ढोका खोलिए, महाकालीको शारदा ब्यारेजमा सवारी चलाउन रोक ★   कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा ★   जलमग्न भयो देश (फोटो फिचर) ★   टर्कीलाई हराउँदै नेदरल्यान्ड्स युरो कपको सेमिफाइनलमा ★   स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा ★   बाढीको बहाव बस्तीमा पसेपछि ओलीलाई बालेनको पत्र : भोटको राजनीति कहिलेसम्म ? ★   भारतको मेघालयमा ४ जना नेपालीको हत्या ★   सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सरकारले बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरी नयाँ छनोट समिति समेत गठन गरिसकेको छ ।

यो निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।

इजलासले यो मुद्दामा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यतिन्जेलसम्मका लागि अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।