• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

विपक्षी दलहरूको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बूढानीलकण्ठमा साँझ बस्नेछ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने भएका छन् ।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सोमबार सहमति बनेको छ । नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गर्ने कांग्रेसको तयारी छ ।