१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद मन्त्री लामाले सम्हाले मन्त्रालयको जिम्मेवारी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएका दावा लामाले आइतबार पदभार ग्रहण गर्नुभएको छ । 

सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्नुभएको हो । नव नियुक्त मन्त्री लामालाई मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । शुक्रबार मन्त्रिमण्डल विस्तार भएसँगै सोही दिन सपथ खाइसक्नुभएका लामाले आइतबार मात्र मन्त्रालयको जिममेवारी सम्हाल्नु भएको हो । पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य हुनुहुन्थ्यो । यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ हुनुभएको थियो । पूर्व मन्त्री विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गर्नुभएको थियो । नवनियुक्त मन्त्री लामालाई स्वागत गर्न आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले मन्त्रालयले गरेका र गर्ने क्रममा रहेका गतिविधिबारेमा नवनियुक्त मन्त्रीलाई ब्रिफिङ गर्नुभएको थियो ।