३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.08

Wind: 3.09

Humidity: 47

Latest
‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै काठमाडौंको बालुवाटारमा खुद्रा व्यापारीमाथी महानगर प्रहरीको ज्यादती सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश नारायणघाट–बुटवल सडक : साना पुल निर्माण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण



अ+ अ-

एजेन्सी । जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) का अनुसार ‘एच–थ्री नम्बर थ्री’ रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’ लाई लक्षित कक्षमा राखिएको थियो ।

‘एडभान्स्ड ल्यान्ड अब्जर्भेसन स्याटेलाइट ९एएलओएस–४० लाई मुख्यतया ज्वालामुखी र भूकम्पीय गतिविधि र अन्य भू–गतिविधिलगायत विपद् प्रतिकार्य र नक्सा निर्माणको लागि पृथ्वी अवलोकन र तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ ।

यसले रक्षा मन्त्रालयले विकास गरेको इन्फ्रारेड सेन्सरको साथ मिसाइल प्रक्षेपणजस्ता सैन्य गतिविधिहरूको निगरानी गर्न पनि सक्षम छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले सोमबारको सफल प्रक्षेपणलाई अन्तरिक्षमा जापानको पहुँच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सुनिश्चित गर्ने दिशामा ‘पहिलो बृहद् कदम’ भएको बताउनुभएको छ । “मलाई विश्वास छ लगातार भएका दुई सफल उडानहरूले देश भित्र र बाहिरबाट विश्वास प्राप्त गर्नेछ ।

जाक्साका एचथ्री प्रोजेक्ट म्यानेजर माकोटो अरिटाले यो मिसन लगभग पूर्ण रुपमा सफल भएको बताउनुभयो ।

एएलओएस–४ हालको एएलओएस–२ को उत्तराधिकारी हो र यसले धेरै व्यापक क्षेत्र अवलोकन गर्न सक्छ । जापानले तत्कालका लागि दुवै उडानलाई जारी राख्नेछ ।

फेब्रुअरी १७ मा सफल प्रक्षेपणपछि एच–३ प्रणालीको यो तेस्रो प्रक्षेपण थियो । जाक्साको आश्चर्यजनक असफल पहिलो पहिलो रकेट यात्रालाई एक वर्ष पहिले रकेटको ‘पे लोड’को साथ नष्ट गर्नुपरेको थियो ।