१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्टहरुले देशलाई बर्बादीको खाडलमा हाल्दा काँग्रेस टुलुटुल हेरेर बस्दैन :डा. महत



अ+ अ-

काठमाण्डौं । नेपाली कांग्रेसका सह महामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बर्तमान ओली सरकारले आफ्नो निहीत स्वार्थ र पार्टीको आन्तरिक झगडामा देशलाई ठूलो आर्थिक तथा राजनीतिक खाडलमा हालेको बताएका छन् । 

उनले भने वर्तमान कम्युनिष्ट सरकार देश चकनाचुर बनाउने तर्फ उद्धत रहेकोले कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । उनले लोकतन्त्रवादी शक्ति मिलेर वर्तमान ओली सरकारको भण्डाफोर गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

हठात् प्रतिनिधिसभा बिघटन गरिएको विरोधमा आज कांग्रेसले महाराजगञ्ज चक्रपथमा आयोजना गरेको बिरोध सभामा डा. महतले सरकारले संविधान मास्ने काम गरेर देश संकटमा परेकोले लोकतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आबश्यकता औल्याए ।

सहमहामन्त्री डा महतले देशलाई पहिला भ्रष्टाचारको दलदलमा फसेकोले समस्याग्रस्त राजनीतिलाई कांग्रेसले नै सहि बाटोमा ल्याउने दृढता पनि ब्यक्त गरे । डा. महतले सवर्सत्तावादको बिरोधमा देशैभर कांग्रेस सडकमा आएको पनि उनले बताए ।

उनले प्रतिनिधि सभा पुनस्थार्पना भए दुइ बर्षपछि र बिघटनलाई नै अदालतले सदर गरे तुरुन्तै निर्वाचनमा होमिन पनि कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने काँग्रेस देशका समग्र प्रजातन्त्रवादीहरुको पार्टी हो, निर्वाचनमा जान डराउँदैन ।