२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर



अ+ अ-

काठमाडौं । विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ ।

शनिबार राष्ट्रिय धान दिवसको अवसर पारेर एक समारोहकाबीच धान रोपाईँ उत्सव मनाउँदै कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो ।

तिनै तहका सरकारहरुसंग साझेदारी गर्दै हालसम्म, विभिन्न स्थानीय सरकारहरू, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्यन संस्थानलगायतसँग साझेदारी भएको छ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको होष्ट महानायक राजेश हमाल रहेका छन् । व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुनेछन्, जसमा सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्नेछ । निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा.योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा। नम्रता पाण्डे र अन्य विषय विज्ञहरू छन्।

‘र’ एक बेजोड़ रियालिटी गेम शो हो, जुन कृषि उद्यमशिलतालाई प्रवर्दन गर्दै समुन्नत समाज निर्माणको दृष्टिकोणका साथ ल्याइएको छ । यस कार्यक्रम कृषि उधमशिलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गरि किसानलाई सम्मानजनक पहिचान दिने उदेश्य अनुरुप प्रस्तुत गरिएको छ।

कृषक र कृषि प्रविधिक यस शो मा प्रतियोगी रहने छन् जस्मा दिगो र नविन कृषि अभ्यासहरू प्रवर्द्धन गर्दै, उनीहरूको कृषि सम्बन्धी ज्ञान, रचनात्मकता र कौशलताको परीक्षण गरिने छ । कार्यक्रमको उद्देश्य कृषिको महत्वलाई उजागर गर्दै, युवा पुस्तालाई खेतीमा चासो लिन प्रेरित गर्ने र किसानहरूको कडा परिश्रम र समर्पणलाई उच्च कोटीको रुपमा प्रस्तुत गर्ने हो ।
‘समृद्धि को लागी नयाँ दृष्टि’ को नाराको साथ, कार्यक्रमले सरकारी निकाय, नीति निर्माता, कृषि मूल्य शृङ्खलामा आवद्ध व्यक्ति र आम जनतामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ।

राष्ट्रिय धान दिवसको अवसरमा ललितपुर महानगरपालिका–२१, खोकनाको सहकार्यमा पूर्व कृषिमन्त्री छविलाल विश्वकर्मा, नायक राजेश हमाल, पूर्वसचिव डा। योगेन्द्रकुमार कार्कीलगायत व्यक्तित्वहरूको साथमा आवेदन फर्म खुल्ला र रोपाई उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।