• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

अनन्त–राधिकाको विवाहको कार्डमा चाँदीको मन्दिर र सुनको मुर्ति



एजेन्सी । भारतीय उद्योगपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी राधिका मर्चेन्टसँग जुलाई १२ मा विवाह बन्धनमा बाँधिदैछन् । मुम्बईमा हुने यो भव्य समारोहमा परम्परा र भव्यताको मिश्रण देखिनेछ ।

विवाहको तयारीका बीचमा यो जोडीको विवाहको कार्ड सार्वजनिक भएको छ । भीभीआईलाई दिइने निमन्त्रणा पत्रमा चाँदीको मन्दिर छ । भित्र ४ वटा सुनको मुर्ति छ ।

दोस्रो निमन्त्रणा पत्र सुनौलो बक्समा छ । यसमा मन्दिरलाई सानो आकारमा बक्स भित्र राखिएको छ । यो पनि ईश्वरीय विषयवस्तुमा आधारित छ ।

अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रि–वेडिङ समारोह मनाएका थिए । अब जुलाई १२ शुभ विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा स्वागत समारोह हुनेछ । यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन् ।