८ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा



अ+ अ-

एजेन्सी । मनसुन सुरु भएसँगै लामखुट्टेको त्रास बढ्दै गएको छ । वर्षाका कारण जम्मा भएको पानीका कारण लामखुट्टेको उत्पत्ति हुन थालेपछि औलो, डेङ्गु र चिकनगुनियाको जोखिम निकै बढेको छ ।

सरसफाईका साथसाथै केही बोटबिरुवाको सहायताले लामखुट्टेलाई टाढा राख्न सकिन्छ । केही यस्ता बिरुवाहरु हुन्छन् जसको सुगन्ध लामखुट्टेलाई पटक्कै मन पर्दैन । लामखुट्टे भगाउने यी बिरुवाहरु बारे जान्नुहोस्:

रोजमेरी

कपालको हेरचाह वा खानामा हामी प्रायस् रोजमेरी प्रयोग गर्छौं। यसको काठको गन्धका कारण लामखुट्टे यसको वरिपरि आउन स्चाउदैन। यसलाई सजिलै घरमा कन्टेनर वा गमलामा लगाउन सक्नुहुन्छ।

ल्याभेन्डर

तपाईलाई लेभेन्डरको सुगन्ध जति मनपर्छ, लामखुट्टेहरूले यसलाई उत्तिकै अप्रिय मान्छन् । त्यसैले यो बिरुवा आफ्नो घरको वरिपरि वा झ्यालको छेउमा रोप्दा लामखुट्टे भाग्छन्। यसबाहेक, यसको सुगन्धले मानिसलाई राम्ररी निदाउन पनि मद्दत गर्दछ।

लेमन गा्रस

लामखुट्टेलाई अमिलो गन्ध मन पर्दैन। त्यसैले उनीहरु लेमन ग्रासबाट टाढा नै रहन्छन् । यो बिरुवा अलिकति कागती जस्तै बास्ना आउने हुँदा छ कीराहरु यसबाट टाढा रहन्छन् ।

सयपत्री

सयपत्रीका सुन्तला र पहेंलो फूलहरू हेर्दा धेरै सुन्दर हुन्छन्। लामखुट्टेलाई यसको गन्ध मन पर्दैन र तिनीहरू टाढा रहन रुचाउँछन्। तसर्थ, यी बिरुवाहरू आफ्नो घर नजिक रोप्दा पनि लामखुट्टेबाट छुटकारा पाउन सकिन्छ।

क्यानिप

क्यानिप पुदिना परिवारमा पर्छन् । यि विरुवाहरु रोप्न सजिलो तथा चाडै सर्ने खालको हुन्छ । लामखुट्टेलाई यसको सुगन्ध मन नपर्ने हुँदा बगैचामा यसलाई रोप्न सकिन्छ ।