२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण



अ+ अ-

एजेन्सी । जापानी वैज्ञानिकले मानव कोषहरूको प्रयोग गरेर जीवित छालाजस्तै देखिने आवरणसहितको रोबोटको विकास गरेका छन् ।

सेल रिपोर्ट्स फिजिकल साइन्स जर्नलमा प्रकाशित विवरणमा जापानी वैज्ञानिकले भनेका छन्, “उनीहरूले ‘जीवित छालाकोजस्तो आवरणसहितको रोबोट’ बनाउन ‘छाला बनाउने कोषले भरिएको जेल’ प्रयोग गरेका थिए ।

बायोहाइब्रिड रोबोट विशेषज्ञले यो प्रविधिले एक दिन एन्ड्रोइडको आविष्कारमा मानव जस्तो उपस्थिति र क्षमताको साथ भूमिका खेल्ने आशा गरेका छन् ।

“हामीलाई आशा छ, जीवित प्रणाली र संयन्त्रहरूको वैज्ञानिक अध्ययन (फिजियोलोजी) ले मुजाको बनावट र अनुहारको हाउभाउबारे जानकारी दिन मद्दत गर्नेछ,” प्राध्यापक शोजी टेकुचीको नेतृत्वको टोलीले भनेको छ ।

प्राय: सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको सङ्केत दिन सक्छ तर यसले पसिना वा आफैलाई निको पार्न सक्दैन ।

वैज्ञानिकहरूको लक्ष्य ‘जैविक छालामा निहित आत्म–उपचार क्षमतासहितको रोबोटको निर्माण गर्नु हो’ तर उनीहरू अझै त्यहाँ पुगिसकेका छैनन् ।

यसअघिका अध्ययनहरूमा उनीहरूले प्रयोगशालामा हुर्केको छालाको कटमा कोलेजनलाई रोबोटिक औंलाले ढाकेर यसलाई कसरी मर्मत गर्न सकिन्छ भनेर अध्ययन गरी यसको नतिजा बाहिर ल्याएका थिए ।

तरल पदार्थको रूपमा सर्ने ‘प्राकृतिक मुस्कान’ को रूपमा वर्णन गर्न, उनीहरूले छाला जस्तो कोषलाई पानी र तातोको उपस्थितिमा स्टार्च अणुहरूको अन्तरआणविक बन्धनहरू तोड्ने प्रक्रिया अर्थात् वास्तविक मानव छालाको लिगामेन्टबाट प्रेरित एक विधि ९जिलेटिनाइज्ड० गरी रोबोटको प्वालभित्र राखेका छन् ।