११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब सलमानको रिसको शिकार हुन पुगे काजोलका बुबा ! त्यसपछि…



अ+ अ-

एजेन्सी । बलिउडमा आफ्नो अडानबाट पछि नहट्ने एकमात्र स्टारको रुपमा परिचित छन् सलमान खान । यदि कुनै कुरा उनलाई चित्त बुझेन भने उनी फ्याट्टै त्यो कुरा सबैको अगाडि भन्छन् ।

उनी कोहीसँग डराउँदैनन् । उनै सलमानले एकपटक बलिउड अभिनेत्री काजोलका बुबालाई यस्तो कुरा भने जसले गर्दा उनले आफ्नो करिअरलाई नै छाड्नुपर्यो ।

यो कुरा हो त्यो फिल्मको जुन फिल्ममा सलमान काम गर्दै थिए, उनीसँग फिल्ममा अभिनेत्री थिइन् मनिषा कोइराला । उक्त फिल्मलाई काजोलका बुबा सोमु मुखर्जीले निर्माण गर्दै थिए ।

फिल्म सम्पन्न भएपछि फिल्मको प्रिमियर समारोह आयोजना गरियो । जसमा सलमान खान पुरै कलाकारहरुसँग त्यहाँ पुगेका थिए । फिल्म हेरेपछि सलमानलाई उक्त फिल्म पटक्कै मन परेन र सोमुलाई यस्तो वाहियात फिल्म बनाएको भन्दै सबैको अगाडि बेइज्जत गरे ।

हुन पनि हो उक्त फिल्म एक वर्षसम्म बिक्रि भएन । तर फिल्म बिक्रि नहुनुमा सलमान खानको पनि कारण देखाइएको थियो । किनभने उनको लगातार ३ फिल्महरु फ्लप भएका थिए । अन्तमा फिल्म एक वर्षपछि रिलिज भयो ।

तर बक्स अफिसमा उक्त फिल्म फ्लप हुन पुग्यो । त्यसपछि सोमुले फिल्म निर्माण गर्नै छाडे । उक्त फिल्म हो 'संग्दिल सनम' । 

यद्यपि, सलमान र काजोलको सम्बन्ध भने नराम्रो कहिल्यै भएन । उनीहरु थुप्रै फिल्ममा सँगै काम गरे ।