५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भूसाललाई सहयोग गर्ने भएका छन् ।

पार्टीको महाधिवेशन नजिकिदै गर्दा अध्यक्षको दाबीबाट पछि हटेका खनाल भूसाललाई अध्यक्ष बनाउन सहमत भएका हुन् ।

खनाल निवास डल्लुमा भएको दुई नेताहबीचको भेटमा मिलेर अघि बढ्ने सहमति भएको महासचिव भुसालले बताए । उनले भने, हामीबीच नीति कार्यक्रम सबै मिलेपछि झलनाथजीसँग मिलेर अघि बढ्ने समझदारी भएको छ ।’

छलफलमा खनाल, भुसाल र युवा संघका पूर्वअध्यक्ष नरेशकुमार शाही सहभागी रहेका थिए ।

माधव नेपाल अध्यक्षमा दोहोरिने चाहाना राखिरहेका बेला यसमा सहमति नजुटे नेपाल र भुसालबिच अध्यक्षमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ ।