२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट



अ+ अ-

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेको चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सहितको टोलीले शिष्टाचार भेट गरेका छन् ।

भेटघाटमा नेपाल(चीनबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रही आएको जनाउनु भएको छ । चीनले झण्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुऱ्याउँदै आएको सहयोगका लागि राष्ट्रपतिले धन्यवाद दिनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।