१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री गुरुङको गर्जन : प्रचण्ड-माधव समूहका मन्त्रीलाई हटाउँदिनँ



अ+ अ-

काठमाडौं ।  प्रचण्ड-माधव समूहका गण्डकी प्रदेशमा भएका मन्त्रीहरु नहट्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रचण्ड-माधव समूहका मन्त्रीहरुलाई नहटाउने बताएका हुन्।

सत्तारुढ नेकपामा फुट आएसँगै प्रदेश सरकारहरु मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र मन्त्रीहरु हटाउने होड देखिएपनि  गण्डकीमा प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याएको छैन । ओली समूहमा रहेका मुख्यमन्त्री गुरुङले अर्को समूहका मन्त्रीहरुलाई अहिले हटाउने योजना नरहेको बताए । 

'मलाई एकता नचाहिने भए उतातिरका मन्त्रीहरुलाई हटाइदिन सक्थेँ हटाएको छैन नि,’ मुख्यमन्त्री गुरुङले भने  ‘उहाँहरुले आफैं राजीनामा दिए मेरो केही लाग्दैन तर मैले उहाँहरुलाई हटाउँदिन ।’