१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता

जागिर छोडेर किताब रोजेपछि…

जागिर छोडेर किताब रोजेपछि…
अ अ+ अ-

काठमाडौँ । किताबै किताबको चाङ्गबाट उहाँ बाहिर निस्किनुभयो । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क हुनुहुन्थ्यो । हातमा थान पुस्तक समाउँदै भन्नुभयो, “यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।” वैशाख महिनाको कुरा हो । जमलस्थित मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनको पुस्तक पसलमा जापानकी विदेशमन्त्री योको कामीकावाकोले नेपाली लेखकका पुस्तक खरिद गर्नुभएको थियो ।

यति मात्रै होइन, छोटो समयमा महर्जनले विदेशमन्त्रीसँग नेपाली लेखक र पुस्तकको महत्वबारे सुनाउने मौका पाउनुभएको थियो । महर्जनका अनुसार पुस्तक पसल खोलेर कमाएको ठूलो धन भनेको सम्बन्ध नै हो । धेरैले उहाँलाई व्यङ्ग्य गर्दै भन्ने पनि गर्छन्, “पसल चलेपछि धनि भयौँ ।” तर, उहाँ धनको भन्दा सम्बन्धको महत्व प्राथमिकतामा राख्नुहुन्छ ।

यसअघि पुस्तक पसलमा तत्कालीन पाकिस्तानका प्रधानमन्त्री बेनजिर भुट्टोले दुई घन्टा पसलमै किताबहरुसँग बिताएको उहाँले सम्झनुहुन्छ । अझै पसलमा बसेर पाठक घन्टौँ समय बिताएको उहाँलाई निकै मनपर्छ । हुन त साँघुरो पसल छ । पाठकले सोचे जस्तो पढ्ने वातावरण मण्डला बुक्स प्वाइन्टमा पाउन सकेका छैनन् । तर, आएका पाठक देखेर हार्दिकता भाव व्यक्ति गर्न भने माधव निकै सिपालु हुनुहुन्छ । “म पाठकलाई पूजा गर्छु”, उहाँ भन्नुहुन्छ, “सकेसम्म पसलमा टिकाइरहन पाएहुन्थ्यो भन्ने लाग्छ ।”किताब व्यापारसँग उहाँको साइनो पुरानो छ । लगभग पाँच दशक पुुरानो । बिहानै नित्यकर्म गरेर उहाँ पुस्तक पसलमा आउनुहुन्छ । पुस्तकका पाना हेर्दै केही समय पसलमै बिताउनुहुन्छ । त्यो भन्दा पनि रमाइलो उहाँलाई पुस्तक पसलमा आएका पाठकसँग किताबकै बारेमा गफिन मनपर्छ । “पाठकले कस्ता पुस्तक खोज्दैछन्, ध्यान दिएर मनोविज्ञान बुझ्ने कोसिस गर्छु”, उहाँले भन्नुभयो,“अनि उहाँहरुकै रुचि मनन गरेर पुस्तक बिक्रीका लागि ल्याउने गर्छु ।”

किसानको छोरो किताबमा रुचि 

कीर्तिपुर पाङ्गणमा जन्मिनुभएका ७४ वर्षे महर्जनको किताब पसलसँगको इतिहास रोचक छ । सामान्यतया बाउबाजेले जे गर्छन् त्यही पुस्ताले पछ्याउने परम्परा छ । किसानको छोरो किसान हुने भएजस्तै महर्जनको परिवार किसानीमै बित्यो । किताब व्यापारले जीवन धानिएला भन्ने उहाँको पुस्ताले परिकल्पनासमेत गर्न सकेको थिएन । तर, महर्जन भने यो कल्पनालाई सत्यमा परिणत गर्न निकै मेहनत गर्नुपरेको बताउनुहुन्छ । पढ्ने र लेख्ने संस्कार थिएन । तर, महर्जनको बाजे भने खेती गर्दै धार्मिकग्रन्थ पढ्न रुचि गर्नुहुन्थ्यो । महाभारत, गीता, रामायणजस्ता धार्मिकग्रन्थ साँझ बिहान पढ्ने बानी थियो । महर्जन बाल्यकाल सम्झदै भन्नुहुन्छ,“बाजेलाई ग्रन्थ पुर्‍याउने काम म गर्थें, ग्रन्थको सुगन्धले निकै तान्थ्यो ।” बाजेले ग्रन्थ पढेको हेर्दाहेर्दै महर्जनलाई किताबप्रति मोह बढेको हुनसक्ने उहाँ बताउनुहुन्छ ।

सन्तानमा जेठो भएकाले महर्जनलाई कलिलै उमेरमा ३२ जनाको संयुक्त परिवार पाल्नुपर्ने जिम्मेवारी आयो । क्याम्पस पढ्दै जागिर खाने निधो गर्नुभयो ।  सरकारी जागिर खाने पनि धेरै पटक प्रयास गर्नुभयो । राष्ट्र बैंक, बालाजु औद्योगिक क्षेत्रमा समेत जागिर खान भरपुर मेहनत गर्नुभयो । कतै अन्तरवार्तामा फालिने कतै वैकल्पिकमा पर्ने । सरकारी जागिर खान नपाएको पीडा उहाँले मनमै लुकाउनुभयो र व्यवसायमा जोड दिन थाल्नुभयो । “एउटा बाटो थुनिए अरु थुप्रै बाटा खुल्छन्”, उहाँ विगत सम्झदै भन्नुहुन्छ, “किताब व्यापारले मलाई आत्मसन्तुष्टि दिएको छ, र धन पनि ।”

बालाजु औद्योगिक क्षेत्रमा जागिर राम्रै थियो । खान, लगाउन र परिवार पाल्न पुग्थ्यो । तर, पनि महर्जनको मन भने बेचैन रह्यो । केही अपुग जस्तो । किताबसँगै रमाउन मन पराउने हुँदा उहाँले यसै क्षेत्रमा केही गर्ने मनसाय बनाउनुभयो । “किताब पढ्ने र पाना पल्टाउने बानीले जागिरमा मन लागेन”, उहाँ भन्नुहुन्छ,“त्यसपछि राम्रै जागिर छोडेर किताब पसलमा काम खोज्न पुगेँ ।”

महर्जन प्रोफेसर प्रसन्न मानसिंह प्रधानको घरमा पढ्दै बसन्तपुरको नेपाल बुक सेलर्स पसलमा पहिलोपटक जागिर पाउनुभयो । किताब पसलमा बस्दा उहाँ किताब बेच्ने र पढ्ने दुवै काम गर्नुहुन्थ्यो । उहाँका अनुसार त्यतिबेला अङ्ग्रेजी पाठक बढी थिए ।

पचासदेखि ७५ पैसामा अङ्ग्रेजी पुस्तक पाउने गर्थे । अङ्ग्रेजी सिक्न र बुझाउन अत्यन्त सरल शैलीका अङ्ग्रेजी पुस्तक बजारमा बिक्रीमा राखिएको थियो । “मलाई याद भएसम्म अमेरिकी दूतावासले अङ्ग्रेजी सिकाउन यस्तो नीति ल्याएको हुनुपर्छ”, उहाँ सम्झनुहुन्छ,“सस्तो मूल्य र रोचक विषय भएकाले पाठकको घुइँचो नै लाग्थ्यो ।” उहाँले अङ्ग्रेजी बोल्न त्यही पसलमा किताब बेच्दै गर्दा सिकेको बताउनुभहुन्छ । उक्त पुस्तक पसलमा केदारभक्त माथेमा, प्रदीप गिरी, गणेशराज शर्मालगायत व्यक्तित्व उहाँको पसलमा किताब खोज्न आउनुहुन्थ्यो । लोकराज बराल, कृष्ण हाछिथ्यु, अभि सुवेदी, अरुण गुप्तो, डा हर्क गुरुङलगायत वौद्धिक वर्गका मान्छे उहाँको पसलका नियमित ग्राहक हुनुहुन्छ । उहाँका अनुसार केही पाठकले त ‘माधव तिमिले पसलको भाडा त तिर्न सकेका छाँै नि रु भन्दै दु:खसुख पनि सोध्ने गर्नुहुन्थ्यो ।’ “पाठकले मेरो स्थितिबारे मायाले सोध्दा अझै आत्मविश्वास बढ्दै जान्थ्यो”, उहाँ भन्नुहुन्छ ।

पुस्तक पसलमा किताब बेच्दै पढ्दै गर्दा उहाँले आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्ने हिम्मत जुटाउनुभयो । किसानले किताब पसलमा काम गर्छ भन्दा उतिबेला छिमेकीले गिज्याउने गरेको क्षण उहाँ अझै सम्झिनुहुन्छ । समाज वा परिवारमा भइरहेको कामभन्दा अलि फरक मार्ग रोज्न खोज्दा अवश्य पनि चुनौती सामना गर्नुपर्ने महर्जन बताउनुहुन्छ । तर, यस्तो चुनौतीसँग हार खानु भने हुँदैन भन्नेमा उहाँको अनुभव छ । सन् १९७६ उहाँले घन्टा घर नजिकै किताब पसल खोल्नुभयो । उहाँका अनुसार उतिबेला किताब पढ्न र किन्न आउनेहरु दिनमा दुई/चार जना मात्रै हुन्थे । सन् १९९० मा स्थापना मण्डला बुक प्वाइन्टस् नामाकरण गर्नुभएको हो । उहाँ विगत सम्झदै भन्नुहुन्छ, “किसानको छोरोले किताब समाएर राम्रै गरेको जस्तो लाग्छ ।”

डिजिटल पाठकले चुनौती

महर्जनको पुस्ता किताबको अक्षर मात्रै होइन, सुगन्ध लिँदै पढ्दै आयो । डिजिटल प्रविधिको युगले सुविधा सम्पन्न बनाए पनि केही मौलिकता मारेको उहाँ बताउनुहुन्छ । किताबी दुनियाकै कुरा गर्ने हो भने पनि अनलाइनमै किताब पढ्ने पाठक बढेका छन् । यद्यपि उहाँ भन्नुहुन्छ, “डिजिटल युगले किताबको अक्षर हेर्नमै सीमित हुन्छन् । पुस्तक पढ्ने भनेको अक्षर मात्रै पढ्ने होइन्, किताब र पाठकबीचको आत्मियता  स्पर्शबाट सुरु हुन्छ । त्यसका पाना पल्टाउँदाका आवाजसँग जोडिएको हुन्छ र सुग्दा सुगन्धसँग मिसिएको हुन्छ । किताबको मिठास महसुस गर्न किताब नै हातमा समाउनुपर्छ भन्ने उहाँको बुझाइ छ ।”

महर्जनले पाँच दशकअघि खोलेको पुस्तक पसल सूचना प्रविधिको तीव्र विकाससम्म आइपुग्दा पाठक र बजारमा समेत परिवर्तन आएको छ । विगतमा जस्तो पाठक पुस्तकमै धाउने परम्परा विस्तारै हराउँदैछ । यद्यपि, पढ्ने र पढाउने संस्कार भने उर्भर हुँदै गएको उहाँ बताउनुहुन्छ ।डिजिटल पाठक बढे पनि किताबको पाना समाएर सुगन्धसहित पढ्ने सुविधा डिजिटल किताबबाट नहुने उहाँको अनुभव छ । कोभिड महामारीको बेला ई–बुक शिक्षा सजिलो र सरल बन्नु स्वभाविक हो । तर, किताब नै पढेर चित्त बुझाउने पाठकको पनि कमी नभएको उहाँ बताउनुहुन्छ । एक त पढ्ने विद्यार्थी विदेशिएका छन् । कोभिडपछि खस्किएको किताब व्यापार अझै पनि उस्किन नसकेको उहाँ बताउनुहुन्छ ।

सन् १९९० देखि अहिलेसम्म सरकारले पुस्तकमा भन्सार लगाउन पटकपटक प्रयास गरेको छ । यसले गर्दा डर र त्रास सिर्जना भइरहने उहाँ बताउनुहुन्छ । किताब जस्तो विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छ । ज्ञानको भण्डारमा सहजता ल्याउनुपर्छ भन्ने महर्जनको मान्तया छ । सरकाले नै पढ्ने संस्कृति सहज बनाउन नीति ल्याउनुपर्ने उहाँको बुझाइ छ । डिजिटल प्रभावले एकातिर पुस्तक प्रचार गर्न सजिलो भएको छ भने अर्कोतिर अनलाइन माध्यम अपनाएर व्यापार बढ्न थालेको छ । यद्यपि महर्जन असल पाठन संस्कृति पुस्तक नै किनेर पढ्न उपयुक्त हुने तर्क राख्नुहुन्छ । किताब छुने बानी लागेका पाठकलाई डिजिटलले चित्त बुझ्दैन । रासस