५ पुष २०८२, शनिबार
,
Latest
प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ फागुन २१ मा निर्वाचन हुनैपर्छ : नेता कोइराला ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियन’ शाह नगदसहित सम्मानित जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यतामा त्रिविको दीक्षान्त हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा पानीका बहाब बढेपछि मेलम्ची खानेपानी आयोजना बन्द



अ+ अ-

काठमाडौँ । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गरिएको छ । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको जनाइएको छ ।

माथिल्लो तटीय क्षेत्रमा पानी परिररहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा क्षति पुर्याएको थियो । साथै आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न आजदेखि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

“नदी नधमिलिएसम्म उपत्यकावासीलाई खानेपानीको आपूर्ति सहज बनाउन हामीले मेलम्ची खानेपानी आयोजना सञ्चालन नै राखेका थियौँ”, उहाँले भन्नुभयो, “तर नदीमा बाढी आउन थालेपछि आजदेखि बन्द गर्न बाध्य भएका हौँ, मनसुन सक्रिय रहुञ्जेल आयोजना बन्द नै रहनेछ ।”

गत जेठ ३१ गतेदेखि नै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा बन्द गरिएको थिएन् । समितिले गत शुक्रबार पनि मेलम्ची बन्द गर्ने तयारी गरेको थियो । तर नदीमा पानीको वहाब नबढेपछि आयोजना सञ्चालन नै राखिएको थियो ।

लामिछानेका अनुसार परामर्शदाता तथा एसियाली विकास बैंक ९एडिबी० ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरुभएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरे पनि यो पटक तीन दिन चाँडो मनसुन भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरने अनुमान छ ।