• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण



काठमाडौँ । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले  सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गर्नुभयो । उहाँले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गर्नुभयो ।

सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उहाँले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गर्नुभयो । सांसद कोइरालाले गैरकानुनीन रुपमा कामदारका रुपमा इराक पुर्‍याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।