• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी



काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरु समेट्ने गरी समेत बजेट ल्याएको दाबी गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनयोजन शिर्षकअन्तर्गत बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा पनि उचित बजेट विनियोजन गरेको बताउनु भयो । उहाँले अपांगता भएका व्यक्तिहरुको पुन:स्थापना केन्द्र सञ्चालन, ज्येष्ठ नागरिकको लागि मिलन केन्द्र, ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र, वृद्धाश्रम सञ्चालनको लागि मन्त्रालयले प्राप्त गरेको बजेट सीमाभित्र रहेर पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले महिला सशक्तिकरण एवं अपांगता भउका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन भएको दाबी गर्नुभयो । उहाँले वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्राथमिकतामा कार्यान्वयन गर्न स्थानीय र प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम परियोजनाअन्तर्गत दुर्गम क्षेत्र, गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार गर्ने कार्यक्रमले सकारात्मक परिणाम दिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम आगामी आर्थिक वर्षमा अपेक्षाकृत बजेट विनियोजन प्रश्ताव नभएपनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने आशा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका र यौनिक अल्पसंख्यक, लैंगिक अल्पसंख्यक, अन्तर्राष्ट्रिय गैरसकारी संघसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरु समेट्ने गरी समेत बजेटले प्रश्ताव गरेको व्यहोरा जानकारी गराउँछु । राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना केन्द्रहरु स्थापना, सञ्चालन, अपांगता भएका व्यक्तिहरुको पुन:स्थापना केन्द्र सञ्चालन, ज्येष्ठ नागरिकको लागि मिलन केन्द्र, ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र, वृद्धाश्रम सञ्चालनको लागि मन्त्रालयले प्राप्त गरेको बजेट सीमाभित्र रहेर पर्याप्त बजेट विनियोजन गरेको छु । महिला सशक्तिकरण एवं अपांगता भउका व्यक्तिहरुका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।’

मन्त्री चौधरीले कार्यक्रम कार्यान्वयन, प्रभावकारिता, अनुगमन, सहजकर्ता समेतका लागि मन्त्रालयको उद्देश्य प्राप्तिका लागि बजेट निश्चित स्थानमा विनियोजन गरेको दाबी गर्नुभयो ।