३ श्रावण २०८२, शनिबार
,
Latest
आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही होस्: उपसभापति गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमीकको प्रलोभन देखाइ विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भइ आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गर्नुभयो ।

उहाँले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताउनु भयो । उहाँले १५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउनु भयो । ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गर्नुभयो । अलपत्र युवाहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुवेतको नेपाली जन सम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ ५ जना नेपाली युवाहरु बेलग्रेडबाट फर्काइएको जहाजहरु त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ । ति युवाहरुलाई मैले त्यही जहाजमा भेटेँ । भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरुलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको रहेछ । त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँच जनालाई फकाइसकिएको अवस्था छ । बाँकी १० जना बेलग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ ।’

‘१५ जना मध्ये १४ जना झापा जिल्लाको मात्रै र एक जना बर्दिया जिल्लाको रहेछ । यसरी म्यानपावरले जथाभावी रुपमा कन्फर्म नभइकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने यसले मुलुकको शिर झुकाउने काम गरेको छ । युवाहरु ठगिने काम भएको छ । ठूलो रहर बोकेर गएकाहरुलाई फर्काइएको छ । उनीहरुलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरुलाई अनियमित ढंगबाट र उनीहरुलाई त्यहाँ सरोकारवालासँग कुरा नभइकन विदेशको लोभ देखाएर पठाइ युवाहरु ठग्ने काम क्षम्य छैन । सरकारको ध्यानाकर्षण गराउँछु । कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरु गैरकानूनी रुपमा रहेको सूचना पाएको छु । गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरु गैरकानूनी बाटोबाट त्यहाँ गएका छन् । यो दु:खलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर भm्याल खुला गर्दा यो समस्या आएको हो ।’

उहाँले कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला कामदार रहेको र त्यसमध्ये २७ हजार गैरकानूनी बाटो भइ गएको भन्दै यसबारेमा पनि सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।