२० आश्विन २०८१, आईतवार
,
Latest
सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण लेबनान र इजरायलका नेपालीको अवस्थाबारे ‘अपडेट’ भइ आवश्यक सहयोग गर्न निर्देशन व्यापारीको गुनासो: सोच जस्तो छैन व्यापार प्रतिश जिसी १५ लाखमा विराटनगरमा फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुको सरुवा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् ।

सशस्त्र प्रहरी बलले दुई वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमान्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमान्डमा पठाउँदै आएको छ ।