१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैकुण्ठ अर्याललाई योजना आयोगमा जिम्मेवारी



अ+ अ-

काठमाडौं: सरकारले निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा कामकाज गर्नेगरी जिम्मेवारी तोकेर सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै कानुन अनुसार उहाँ स्वतः निलम्बित हुनु भएको थियो । अख्तियार डा अर्याल विरुद्ध मदिराको अन्त:शुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको आरोप सहित १२ जनामाथि आइतबार मुद्दा दायर गरेको थियो ।

सरकारले कामु मुख्य सचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ट सचिव लिलादेवी गड्तौलालाई दिइसकेको छ ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वत: वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।