१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना अस्मिताले पाइन् घरमै नागरिकता लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैकुण्ठ अर्याललाई योजना आयोगमा जिम्मेवारी



अ+ अ-

काठमाडौं: सरकारले निलम्बित मुख्यसचिव डा बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा कामकाज गर्नेगरी जिम्मेवारी तोकेर सरुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले रा.प. विशिष्ठ श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा अर्याल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै कानुन अनुसार उहाँ स्वतः निलम्बित हुनु भएको थियो । अख्तियार डा अर्याल विरुद्ध मदिराको अन्त:शुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको आरोप सहित १२ जनामाथि आइतबार मुद्दा दायर गरेको थियो ।

सरकारले कामु मुख्य सचिवको जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा कार्यरत वरिष्ट सचिव लिलादेवी गड्तौलालाई दिइसकेको छ ।

सरकारको कार्यसम्पादन नियमावली अनुसार मुख्य सचिव रिक्त भएमा स्वत: वरिष्ठ सचिवले निमित्त पाउने व्यवस्था रहेको छ ।