२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका २ मा एक छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्रालयलाई रुलिङ गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गर्नुभएको हो । उहाँले आकस्मिक र शुन्य समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताउनु भयो । उहाँले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आकस्मिक समय, शुन्य समय लगायत जुन समयमा मान्य सदस्यहरुले विषय उठाउनु हुन्छ, ति विषयहरु सधैँ जसो सम्बन्धित मन्त्री कहाँँ पठाउने पनि गरेका छौँ । हरेक दिन पठाएका छौँ । यहाँ उठेका विषयहरुका बारेमा जवाफ दिन मन्त्रीहरुको कार्यतालिका नै हामीले दिइसकेका छौँ । यि सबै विषयमा हामीले गम्भीर ढंगले रुलिङ गरेर ध्यानाकर्षण गराएका छौँ । आज उठेका विषयहरु जो छन्, अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’

आईतवारको बैठकमा सांसदहरुले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।