४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयका कर्मचारीहरुको माग पूरा गर्न सरकारलाई आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले कर्मचारीहरुले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरुमाथि अन्याय गर्नु नहुने बताउनु भयो । उहाँले कर्मचारीहरुको माग पुरा गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसदभित्र हामीहरुलाई सुविधा सम्पन्न गर्ने, हाम्रो कामहरु छिटो छरितो गर्ने, संसद चलेको बेलामा बेलुकासम्म बसेर हामीलाई सहयोग गर्ने हाम्रा सहयोगी हातहरु आज प्लेकार्ड बोकेर बाहिर बसेका छन् । उनीहरुले पाउनुपर्ने ओभरटाइम पनि पाएका छैनन् । उनीहरुको सरुवा पनि हुँदैन । उनीहरु माथि कस्तो अन्याय हो सरकारको ? अर्थमन्त्रीज्यूलाई भन्न चाहान्छु, दिएको बजेट मन्त्रालयहरुले कत्तिको सदुपयोग गरेको छ पुर्नविचार गर्नुस् । र कर्मचारीहरुको न्यायोचित मागलाई पुरा गर्नुपर्छ । कसैको पनि श्रम शोषण गर्नुपर्छ ।’

त्यस्तै आकस्म्कि समयमा बोल्दै नेकपा(एमाले)का सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बीमा दर्ता सहयोगीहरु विभिन्न माग राखी स्वास्थ्य बीमा बोर्डमा आएका भन्दै उनीहरुको मागको सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले जेठ ६ गते स्वास्थ्य बीमा बोर्डमा आफ्नो माग लिएर जाँदा दमन गरिएको भन्दै दमन गर्नेलाई कारबाही गर्न पनि माग गर्नुभयो ।