१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पर्सा वन्यजन्तु आरक्षका स्थानीय तितुङलाई हत्या गर्ने सुरक्षाकर्मीलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ: महेश बर्तौला

पर्सा वन्यजन्तु आरक्षका स्थानीय तितुङलाई हत्या गर्ने सुरक्षाकर्मीलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ: महेश बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्ताैलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानि हत्या गरेको आरोपलगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दु:ख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बैठकका निकुञ्ज क्षेत्रका त्यस आसपासका स्थानीयले पाईरहेका दु:खहरु, अप्ठयाराहरुको बारेमा सदस्यहरुले विभिन्न समय कुरा राख्दै आउनुभएको छ । मैले आज एउटा दुखद घटना संसदमार्फत सरकारलाई जानकारी गराउनुपर्ने भएकाले यो समय मागेर म उठेको छु सभामुख महोदय । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी सुकबहादुर तितुङ, उनको घर आँगनमा नै जंगल जोडिएको छ । जहा मध्यवर्ती क्षेत्र पर्छ । मध्यवर्ती क्षेत्र जोडिएको त्यो वन भित्र उनी गए केही साथीहरुसहित । पर्सा बन्यजन्तु आरक्षका कर्मचारीहरुले, सुरक्षाकर्मीहरुले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे । गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे । अस्ती ७ गतेको घटना हो सभामुख महोदय । त्यहाँको स्थानीय नागरिक, जसले त्यहाँको वनजंगल संरक्षण गरे ।

त्यहाँको जैविक विविधताको संरक्षण गर्न स्थानीय समुदाय लाग्छन् । तर मध्यवर्तीको कारणले गर्दा, आरक्षणको कारणले गर्दा र निकुञ्जको कारणले गर्दा त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्ने सम्मको ठूलो जघन्य अपराध भयो सम्माननीय सभामुख महोदय । लोकतन्त्रमा, गणतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिदिने जे परिस्थिति विकास भयो । आरक्षणका कर्मचारी, सुरक्षा निकायबाट । गम्भिरताका साथ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–घटना दु:खद् भईसक्यो । दोषी सुरक्षाकर्मीहरुलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । यस्ता दुखद घटना हुन नदिन सरकारको ध्यान पुगोस् । अहिले जसरी हत्या भएको छ । यो अपराध कर्ममा जोडिएका दोषी देखिएकासुरक्षाकर्मीहरुलाई कारबाही गर्ने र पर्सा वन्यजन्तु आरक्ष निकुञ्जको वार्डेन सहितको संलग्नतामा सबै घटनाहरु भईरहेको छ । आवश्यक कारबाहीको प्रक्रिया र पीडितलाई क्षतिपूर्तिको बन्दोबस्तका लागि नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’

प्रमुख सचेतक बर्तौलाले नागरिकलाई दिनदहाडै गोली हानेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।