११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण

‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण
अ अ+ अ-

भक्तपुर । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा प्रकाशित ‘भीमप्रसाद गौतम व्यक्ति एक दृष्टि अनेक’ कृति लोकार्पण गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा संस्कृतिविद् प्राज्ञ डा जगमान गुरुङ, समीक्षक र लेखकहरुले संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण गर्नुभयो । कार्यक्रममा प्राज्ञ डा गुरुङले पुस्तकले धर्म, संस्कृति, परम्परा र सङ्घर्षलाई उजागर गरेको चर्चा गर्नुभयो । विभिन्न लेखकले गौतमप्रति गरेको श्रद्धाभावले उहाँको योगदानको उच्च मूल्याङ्कन गरेको भन्दै गौतम बहुआयामिक व्यक्तित्व भएको तथ्य पुस्तकले झल्काएको उहाँले बताउनुभयो ।

तत्कालीन बेलाको सङ्घर्ष, संस्कृतिको संरक्षण र संस्कारलाई आत्मसात गर्दै बहुआयामिक व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएका गौतमको जीवनका अनेकौँ आयामलाई पुस्तकले उजागर गरेको प्राज्ञ डा गुरुङले बताउनुभयो । उहाँले पुस्तकले संस्कृति, संस्कारका साथै सङ्घर्षका विषयमा अध्ययन गर्न चाहनेलाई प्ररणा प्रदान गर्ने विश्वास व्यक्त गर्नभयो ।

पुस्तकका समीक्षक वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक अध्ययन सकिँदा सिङ्गो भोजपुरलाई बुझ्न सकिने बताउनुभयो । उहाँले त्यसबेलाको सङ्घर्ष, रहनसहन, संस्कृतिलगायत जीवनशैलीलाई पुस्तकले उजागर गरेको भन्दै यसको अध्ययनबाट धेरै ऊर्जा प्राप्त गर्न सक्ने धारणा राख्नुभयो ।

समीक्षक प्रा डा नन्दीसकुमार अधिकारीले वेदविद्धता एवं शिक्षक भीमप्रसाद गौतमले समाज विकासदेखि रुपान्तरणसम्म निर्वाह गर्नुभएको भूमिकालाई पुस्तकले ताजा गराइदिएको बताउनुभयो । उहाँले आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानले अहिलसम्म विभिन्न १२ वटा पुस्तक प्रकाशित गरेको उल्लेख गर्दै प्रतिष्ठानले छात्रवृत्तिका लागि विभिन्न कोष खडा गरेर सामाजिक कार्य गरिरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति प्राध्यापक चेतोनाथ गौतम र प्रतिष्ठानका सचिव ब्रदीप्रसाद भट्टराईले पुस्तक जीवन उपयोगी हुनुका साथै यसले परिवर्तनको सन्देश प्रवाह गरेको बताउनुभयो । पुस्तकमा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वले लेख्नुभएको लेख समेटिएकाले पुस्तकले त्यसबेला र अहिलेको समयको परिवेशलाई प्रष्ट्याएको उहाँहरुको भनाइ छ । रासस