• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

पोल्यान्ड युरो कपको समूह चरणबाटै बाहिरियो



काठमाडौँ । पोल्यान्ड युरो २०२४ को समूह चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा अष्ट्रियासँग ३–१ गोलले पराजित भएपछि पोल्यान्डको युरो कप यात्रा समूह चरणबाटै सकिएको हो ।

अष्ट्रियालाई जित दिलाउन खेलको ९ औं मिनेटमा जेरोन्ट ट्रानर, ६६ औं मिनेटमा क्रिस्टोफ बामगार्टनर र ७८ औं मिनेटमा (पेनाल्टी) मार्को अर्माटोभिचले गोल गरे ।

खेलको ३० औं मिनेटमा पोल्यान्डका क्रिजस्जोल्फ पियाटेकले गरेको गोल सान्त्वना गोल बन्यो । समूह डी मा पोल्यान्ड २ खेलमा पराजय बेहोर्दै अंकबिहिन रहेर तालिकाको पुछारमा छ । अष्ट्रिया ३ अंकका साथ तेस्रो स्थानमा छ ।