काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाइ प्रभावित गर्ने किसिमले कांग्रेसले आन्दोलन नगर्ने बताउनु भएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरिसकेको भन्दै अदालतमा विचाराधीन रहेको विषयमा कांग्रेस पर्ख र हेर को रणनीतिमा रहेको बताउनुभयाे ।
सभापति देउवाले प्रजातन्त्र, मानव अधिकार जस्ता व्यवस्था जनताले लडेर ल्याएकाले त्यो कसैले पनि खोस्न नसक्ने पनि भन्दै जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता भएको जनाउनुभयो ।











