३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघको ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुको आन्दोलनलाई नेपाल निर्माण व्यवसायी महासंघले ऐक्यवद्धता जनाएको छ ।

शुक्रवार माईतीघरमा पुगेर महासंघका महासचिव रोसन दाहालले क्रसर उद्योगीहरुको आन्दोलनमा महासंघको तर्फबाट उैक्यवद्धता जनाउनुभएको हो । उहाँले क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी पर्ने भन्दै सरकारले अविलम्व उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिने बताउनु भयो । उहाँले काम गरेर खानका लागि लाइसेन्स दिने तर पछि नयाँ ऐन,कानून बनाएर हतोत्साही बनाउने काम भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘क्रसर उद्योग बन्द हुँदा सबैभन्दा ठूलो मारमा पर्ने निमाण व्यवसायी हो । क्रसर उद्योग नभए निर्माण व्यवसायीका सम्पूर्ण काम रोकिन्छन् । आर्थिक वर्षको अन्तिम महिना भएकाले केही समय पर्खिनुस् भनेका थियौँ । तर त्यस्तै अवस्था आज भेटेका छौँ । महासंघले ऐक्यवद्धता रहेको छ । यहाँहरुको आन्दोलन पूर्णतया सफल होस् । काम गरेर खा भनर लाइसेन्स बाँड्ने अनि लाइसेन्स बाँडेपछि अर्कै नियम, ऐन बनाउने र त्यसले पेशा व्यवसायीहरुलाई निरुत्साहित बनाउने काम गरिरहेको छ ।’

क्रसर उद्योग नविकरणको माग राख्दै आन्दोलनमा उत्रिएका क्रसर व्यवसायीहरुले गत असार १ गतेदेखि काठमाडौं लक्षित आन्दोलन गर्दै आएका छन् ।