• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस् ★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमानको संसदीय सुनुवाइ सुरू



काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

गत आइतबार संवैधानिक परिषद्ले निर्वाचन पर्यवेक्षण विज्ञ प्रधानको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संवैधानिक व्यवस्थाअनुरुप संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थायी घर भएका प्रधान आमनिर्वाचन पर्यवेक्षण समिति ९जियोक०का महासचिव तथा ग्रामीण विकास प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।

उहाँ संलग्न संस्थाले निर्वाचन सुशासन, कानुनी शासन, मानवअधिकार तथा समावेशी लोकतन्त्रका विषयमा नेपाल सरकार, सङ्घीय संसद्, न्यायपालिका, नागरिक समाज तथा विकास साझेदारसँग सहकार्य गर्दै आइरहेको छ । रासस