९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावले होइन अभावले छोएको छ



अ+ अ-

काठमाडौं । सरकारले संसद् भंग गरेर चुनावको घोषणा गरेको छ। बारा रमौलीका नागेन्द्र महतोलाई यसले पटक्कै छोएको छैन। गहुँबालीमा पानी लगाएर फर्कंदै गरेका उनलाई भोट हाल्ने होइन, खेतमा मल हाल्ने चिन्ताले सताएको छ। ‘धानमा पनि मल हाल्न पाएनौं,’ उनले भने, ‘अहिले गहुँमा उस्तै समस्या भोग्दै छौं।’ सरकारले पर्याप्त मल ल्याउन नसकेपछि सीमावर्ती सहरबाट आफैं मल ल्याउँदा पनि समस्या भोगेको उनले सुनाए। ‘कृषिप्रधान देशको सरकार किसानसँग पैसा लिएर मलसमेत बेच्न सक्दैन,’ उनले भने, ‘अब सकारबाट अरू के आस गर्ने ?’ ग्रामीण भेगका किसानलाई भोट हाल्ने विषयले होइन, बालीमा मल कसरी हाल्ने भन्ने चिन्ताले छोएको छ। गरिब बस्तीका मुसहरलाई चुनावले होइन, पुसको चिसोले छोएको छ।  

उनको जस्तै भोगाइ छ, पर्सा परसवाका तुला माझीको पनि। १५ वर्ष पुरानो बूढो सिरक फाटेकाले उनलाई चुनावले होइन, चिसोले छोएको छ। ‘जाडोबाट बाँच्ने–मर्ने ठेगान छैन,’ घरअगाडि घुर ९वरिपरि जम्मा भएर आगो ताप्ने० ताप्दै गरेका माझीले भने, ‘भोट हाल्नेभन्दा पनि जाडोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ।’ नागेन्द्र र तुलाको मात्र होइन, मध्य तराईका सर्वसाधारणको साझा समस्या यस्तै हो। बाक्लो कुहिरोमा परालको आगो ताप्दै जिउ तताउने यहाँका सर्वसाधारणलाई न त संसद् भंग भएको पीडा छ न त चुनावमा भोट हाल्ने उत्साह नै। पटकपटक भोट हालेर पनि दिनप्रतिदिन आफैंसँग पराजित हुँदै छन्।  

पहिला पहिलाको चुनावताका यहाँका घुरमा राजनीतिक चर्चा बाक्लै हुने गथ्र्यो। कुन पार्टीले राम्रो गर्ला रु कसले विकास गर्ला रु भन्ने चर्चा हुन्थ्यो। तर अहिले घुरमा समस्या र अभावका कुरा सुनिन्छन्। ‘ठूला भनेका सरकारबाट जनताका ससाना समस्या पनि समाधान हुन सकेन,’ अम्रुल्ला अन्सारी भन्छन्, ‘त्यसैले उनीहरू राजनीतिबाट निराश छन्।’ फरक समयमा फरकफरक पार्टीलाई भोट हालेका उनीहरूले सबै दलमा साझा समस्या देखेको बताउँछन्। ‘भोट माग्न गाउँ आउने, जितेपछि हराउने’ चलनबाट उनीहरू आजित छन्।  

‘यहाँका जनताले सूर्य, रूख, हँसियाहथौडा, हलो सबैतिर भोट हाले,’ वीरगन्ज–३१ का दीपक श्रेष्ठले भने, ‘न जाडोमा न्यानो पाएँ न त गर्मीमा शीतलता नै महसुर गरें।’ गरिबीको अभावमा रहेका किसानले हँसियाले समस्या छिमोल्न नसकेको अनि भूमिहीन किसानले जमिन जोत्न नपाएको उनी सुनाउँछन्।  

तराईवादी पार्टीबाट जीवनमा केही परिवर्तन हुने आशा गरेका उनीहरूको विश्वास पनि हराउँदै गएको उनको बुभाइ छ। ‘सरकार जनताको मन जित्नेभन्दा पनि चुनाव जित्ने दाउमा मात्र छ,’ श्रेष्ठले भने, ‘चुनावमा जुन दललाई जिताए पनि जनता आफैं भने सधैं पराजित छन्।’  

यहाँका सर्वसाधारणले धेरै सरकार देखे तर जीवनमा खासै परिवर्तन आउन नसकेको सामाजिक अगुवा नागेश्वर जैसवाल बताउँछन्। ग्रामीण भेगका सर्वसाधारणले पटकपटक भोट हाले पनि उनीहरूको हालत नसुध्रिएको उनको बुझाइ छ। ‘यहाँका जनतालाई चुनावले होइन, सदियौंदेखि अभावले छोएको छ,’ उनले भने, ‘पटकपटकको धोकापछि उनीहरू निराश हुन थालेका छन्।’ सरकारी कार्यालयमा हुने ढिलासुस्ती, भिडभाड र घुस लिने चलनबाट उनीहरू झनै आजित छन्। उपेन्द्र लामिछाने, नागरिक दैनिकमा