होटेल भरिभराउ थियो । शान्दार कोठाहरु पुरै विदेशी पाहुनाले भरिएका थिए । अमेरिकन, यूरोपियन, एसियन सबै मुलुकका प्रतिनिधिहरु त्यहाँ उपस्थित थिए । आ–आफ्ना मुलुकका भेषभूषा ग्रहण गरेर कार्यक्रम उद्घाटन सत्रमा प्रवेश गर्न आतुर अनुहारहरु एकपछि अर्को गर्दै मेरो आँखामा ठोक्किइरहेका थिए ।
मैले सेतो साडी लगाएकी थिएँ । मेरो साडीमा ठोक्किने आँखाहरु पनि त्यहाँ प्रशस्त थिए । यो बीचमा एउटा समूह मुस्कुराउँदै मतिर आयो र उत्साहित हुँदै हात मिलायो । उनीहरुले मेरो लिवाजप्रति निकै खुशी व्यक्त गरे । र, आफूहरुको श्वेत मण्डलीसँग मेल खाएको कुरा सुनाए । मैले पनि मुस्कुराउँदै उनीहरुलाई औपचारिक धन्यवाद टक्र्याएँ ।
मलाई ती श्वेत मण्डलीले आकर्षित गरिरहेका थिए । उनीहरु मलाई हेरेर मुस्कुराउँथे । म पनि उनीहरुलाई देख्दा मुस्कुराउन थालें । उनीहरु काला वर्णका थिए तर उनीहरुको शरीरमा श्वेत वस्त्र चम्किरहेको थियो । चप्पल, रुमाल, हेण्डब्यागदेखि सबै वस्तु उनीहरुले सेतो प्रयोग गरेका थिए । स्त्रीहरुले साडी लगाएका थिए र पुरुषहरुले कुर्ता पाइजामा । तर उनीहरु अलग अलग झुण्डमा हिडिरहेका थिए । पुरुष पुरुषसँग र महिला महिलासँग मात्र कुरा गरिरहेका देखिन्थे ।
अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम भएकाले त्यहाँ ठूलो जनसहभागिता थियो । त्यो जनसहभागितामा उनीहरुको झुण्ड विल्कुल अलग पहिचानमा थियो ।
कार्यक्रमको भव्य शुरुवात भयो । मन्त्रीको उपस्थितिमा उदघाटन सत्र निकै रोचक र प्रभावकारी बन्यो । दिउँसोको खाना खाएपछि मन्त्री बिदा भए । त्यसपछि शुरु भयो पट्यारलाग्दो बौद्धिक सेशन । विश्व बजारमा जिन्दगीको मूल्य गिरावट हुनुका लामा लामा कार्यपत्र लिएर सहभागीहरु उपस्थित थिए । सहभागीहरुले आ–आफ्ना मुलुकमा जीवनको मुल्यमा कसरी गिरावट आयो ? भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्न थाले । हाम्रो मुलुकबाट पनि एक दर्जन सहभागीहरु मूल्य गिरावटको विषयमा छलफल गर्न पुगेका थिए । तर मलाई त्यस विषयमा सहभागिता जनाउन खासै रुची थिएन । मलाई लाग्थ्यो, मान्छेको मूल्य निर्धारण गर्ने हैसियत मान्छेले गर्ने कर्मलाई मात्र छ ।
कार्यक्रमको बीचमा एउटा अनाम पात्रको स्वागतार्थ भव्य तयारी चल्यो ।
शान्तिका याचनाकार, मानवको मूल्यरक्षक, यस पृथ्वीमा श्वास फेर्ने अधिकार प्राप्त सबै जीवात्माका नायकले अबको सेशनमा आफ्ना गहन विचार प्रस्तुत गर्नुहुने छ । उहाँको कुनै नाम छैन । न कुनै थर र गोत्र छ । जीवन प्राप्त दुई खुट्टे प्राणीलाई मानव भने पुग्छ भन्ने उहाँको तर्क छ । यसैलाई मूल नारा बनाएर उहाँले आफ्नो नाम बहिष्कार गर्नु भएको हो । अब केहीबेर उहाँका महान वाणी श्रवण गर्ने छौं ।
कार्यक्रमको सहजकर्ताले बिहान मसँग हात मिलाएका तिनै श्वेत झुण्डका नायकलाई सम्वोधन गर्दै माइक हस्तान्तरण गर्यो । म उत्साहित भएर उसको कुरामा ध्यान दिन थालें । श्वेत वस्त्रभन्दा पनि नाम बहिष्कार गरेर सिंगो मानव हुने उनीहरुको कुरा चानेचुने थिएन ।
‘धन्यवाद मित्रजन !’
शान्तिका याचनाकारले घाँटीको लेग्रो मिलाउँदै बोल्न थाले ।
‘आदरणीय मनुष्यगण, मैले यसकारण नाम बहिष्कार गरेको हुँ कि मलाई नामकै आधारले अमानव भनिन सक्छ । मेरो जातिकै आधारमा मैले बाँच्न पाउने अधिकार गुमाउन सक्छु । त्यसकारण मैले आफ्नो नाम, थर र धर्म बहिष्कार गरेको हूँ । मलाई मानिस भने पुग्छ । हाम्रो सानो समूह छ । यहाँ आफ्नो नाम बहिष्कार गर्न चाहने जो कोही सहभागी हुन सक्नु हुनेछ । हाम्रो धर्म मानव सभ्यताको रक्षा गर्नु हो । र, विश्व राजनीतिमा जिन्दगीको मूल्य अभिवृद्धि गर्नु पनि हो । हामी शान्ति चाहन्छौं । र, स्वतन्त्रताको उपयोग गर्छौं ।’
मण्डली नायकको कुरा नसकिदै मञ्चमा तरररररर ताली पड्किए । आफ्नो कुरा अनुमोदन भएपछि नाम बहिष्कार गरेका मण्डली नायकको मुहारमा थप उर्जा थपियो । उनी हर्षित मुद्रामा बडो गम्भीर भएर बोल्न थाले ।
‘हाम्रो श्वेत मण्डलीमा अलिकति पनि विभेदको र· छैन । सबैलाई समान दर्जा र मूल्य प्रदान गर्नु हाम्रो उद्देश्य हो । नाम बहिष्कार गरेका श्वेत मण्डलीलाई कुनै र·हरुको प्रभाव पर्दैन । हामी र·हीन, वर्णहीन, जातिविहीन समाज निर्माण गर्दैछौं । श्वेतवस्त्र धारण गरेपछि जीव, जीवन र शान्तिको याचना नै हाम्रो मार्ग हो ।’
‘महाशय, सेतो पनि कुनै एउटा र· होइन र ? सबै कुरा बहिष्कार गरे पनि मान्छेको जातिलाई तपाइले कसरी बहिष्कार गर्न मिल्छ ?’
बडो उत्साहित भएर बोलिरहेका नाम बहिष्कारवादीलाई रोक्दै मैले हात उठाएँ । नसोचिएको प्रश्न आएपछि सभा एकछिन अल्मलियो । मुस्कुराउदै मसँग हात मिलाएका उनका समर्थकहरुले मलाई खाउँला जस्तो आँखाले हेर्न थाले ।
‘अवश्य महोदय, अवश्य ! सेतो पनि कुनै एक र· नै हो । तर सेतो र· प्रकाशको र· हो । उज्यालोको र· हो । त्यसकारण हामी यो र·को सगर्व प्रयोग गर्छौ । र, मैले मानव जातिको बहिष्कार भनेको होइन । कृपया यसलाई जात प्रथाको बहिष्कार बुझ्नु होला ।’
एकछिन रोकिएपछि उनले आफ्नो प्रबचनलाई निरन्तरता दिए ।
‘यसको मतलब अरु र·मा प्रकाशको कुनै भूमिका छैन भन्नु भएको ?’
‘हुन सक्छ, तर सेतो विशिष्ट कुरा हो । तपाइ आफैंले ग्रहण गरेको र·मा अल्मलिनु हुँदैछ महोदय ! यो त केवल शरीरको लाज ढाक्न प्रयोग गरिएको हो । तपाइलाई जानकारी होस्, हामी स्वतन्त्र छौँ । किनकि हामीले आफ्नो नाम बहिष्कार गरिसकेका छौं ।
‘यसको मतलब म आफ्नो नाम बहिष्कार गरेर तपाइको समूहमा प्रवेश गरेपछि कालो वस्त्र पनि लगाउन सक्छु ?’
‘यो अलि नमिल्ने कुरा भयो महोदया, हाम्रा केही सीमाहरु छन् । केही नियमहरु छन् । त्यसमा सेतो वस्त्र प्रमुख मानिएको छ । हामी उज्यालोका प्रर्वतक हौं । कालोले अन्धकारलाई आमन्त्रण गर्छ ।’
‘सीमा र नियमहरुभित्र बसेपछि फेरि कस्तो स्वतन्त्रता महाशय ? उज्यालो र अँध्यारो दुबै प्राकृतिक सत्य होइन र ?’
‘माफ गर्नुहोला, तपाइहरुको सवाल जवाफका लागि खुला सत्र छोडिएको छ । अहिले शान्तिका याचनाकारज्यूलाई आफ्नो मन्तव्य यही अन्त्य गर्न म अनुरोध गर्छु ।’
सहजकर्ताले हाम्रो वादविवादलाई बीचैमा रोकिदियो । म आफ्नो कुर्सीमा बस्न वाध्य भएँ ।
त्यसपछि श्वेत मण्डलीले मलाई घुरेर हेर्न थाले । आफ्नो नाइकेलाई प्रश्न गरेर श्वेत मण्डलीमाथि प्रश्नचिन्ह उठाइदिएको उनीहरुलाई मन परेको छैन भन्ने कुरा मलाई उनीहरुको हेराइबाट अनुभव भइरहेको थियो ।
त्यो दिनको सेशन सकियो । तर ममाथि हो या मेरो सेतो साडीमाथि, उपस्थित सबैका प्रश्नवाचक हेराइहरु सकिएनन् । त्यो दिन विशेष तारो बनाएर उनीहरुले मलाई हेरिरहे ।
साँझ भयो । नाचगान र काव्य समारोहका लागि खुला चौरमा मञ्च तयार गरियो । सहभागीहरु आ–आफ्ना झुण्डमा सामेल भएर विश्व बजारमा हुदै आएको मूल्य गिरावटलाई कसरी कम गर्ने भनेर बहस गर्न थाले । साथमा चुरोटको धुवाँ र रक्सीको नशाले स्वेच्छिक स्वतन्त्रताको आकाश उक्लिन थाल्यो । तर मेरा आँखाहरुले श्वेत मण्डलीलाई खोजीरह्यो । उनीहरु त्यहाँ वरपर थिएनन् ।
‘कता गएछन् ? कि आफ्नो नाम जस्तै उनीहरुले यो स्वेच्छिक स्वतन्त्रताको खुला आकाशलाई पनि बहिष्कार गरे ?’
प्रश्न उठ्यो । मैले पर परसम्म दृष्टि पुर्याएर उनीहरुलाई नियाल्न थालें । धूपिको बाक्लो झ्याङ रहेको टेबलमा छेलिएर रहेको अवस्थामा उनीहरुको समूह देखा पर्यो । त्यसपछि आफ्नो समूह छोडेर म उनीहरु बसेको टेबलतिर अघि बढें ।
‘म तपाइहरुलाई नै खोजी रहेकी थिएँ ।’ मुस्कुराउँदै म उनीहरुको नजिक गएँ ।
तर उनीहरु मुस्कुराएनन् । लाग्यो, दिउसोको प्रश्न सोधाइले उनीहरु मसँग सशंकित भएका छन् ।
एउटा कुर्सी तानेर म पनि उनीहरुको टेबलमा सामेल भएँ । श्वेत मण्डलीका पात्रहरुले निकै आक्रोशपूर्ण नजर मतिर फालिरहेका थिए । सम्भवतः उनीहरुलाई म त्यहाँ बसेको मन परिरहेको थिएन ।
‘माफ गर्नु होला ! तर मलाई सेतो र·मा प्रवेश गरेपछि र·हरुको प्रभाव सकिन्छ भन्ने तपार्इंको कुरा त्यति चित्त बुझेन । तर तपाइरुको नाम बहिष्कार पद्धतिले चैं मलाई खुब आकर्षित गर्यो ।’
मेरो कुरा सुनेर अनाम मण्डलीका पात्रहरुले आफ्ना नायकतिर हेरे । सायद नायकको अनुमति विना कसैलाई बोल्ने अधिकार त्यहाँ थिएन ।
नायकले सबैलाई हातको इशाराले शान्त रहन आदेश दिए र आफु बोल्न शुरु गरे ।
‘महोदया, पहिलो कुरा ततपाइ एक महिला भएर पुरुषहरुको समूहमा आउनु भएको छ । तपार्इंंको जानकारीका लागि भन्दैछु, हाम्रा स्त्रीहरु ऊ त्यो टेबलमा बसेका छन् ।’ अर्को टेबलतिर इशारा गर्दै श्वेत नायकले देखायो ।
श्वेत मण्डलीका स्त्री पात्रहरु छुट्टै टेबलमा बसेका रहेछन् ।
‘किन यसरी छुट्टिएर बस्नु भएको ?’ मैले बडो आश्चार्य मान्दै सोधेँ ।
‘किनकि हाम्रा जैविक इन्द्रियहरुलाई हामीले कन्ट्रोल गर्नु पर्ने हुन्छ ।’
‘ओ हो ! माफ गर्नु होला ।’
त्यसपछि म आफू बसिरहेको कुर्सी केही पर तानेर बसें ।
‘दोस्रो कुरा, तपाइ दिउँसोदेखि नै सेतो र·मा अल्झिरहनु भएको छ, जुन तपाइको पनि प्रिय हो भन्ने हामीले देखिरहेका छौं ।’
‘हो, यो र·को पादर्शिता मलाई मन पर्छ । तर यसलाई ग्रहण गरेपछि अरु र·को प्रभाव रहँदैन भन्नु गलत हो । किनकि र·हरुको आ–आफ्नै विशेषता हुन्छ भन्ने लाग्छ । अरु र· र सेतो र·मा मात्रै हाम्रो दृष्टी र दृष्टीकोणको भिन्नता हुन्छ भन्ने लाग्छ ।’
मेरो कुरा सुनेर उनीहरु एकले अर्कोलाई हेर्न थाले । र गललल हाँस्न थाले । हाँसो पल्लो टेबलसम्म पैmलियो । मानौं मैले कुनै जोक सुनाएकी छु र उनीहरु हाँस्न बाध्य भएका छन् ।
‘नामविहीन, जातविहीन, धर्मविहीन तपाइहरुको समूहमा स्त्री र पुरुष सँगै बस्न नहुने अप्राकृतिक गठबन्धन रहेछ, त्यो मलाई थाहा भएन ।’ मैले पल्लो टेबलमा बसिरहेका महिलाहरुतिर लक्षित गर्दै भनें ।
‘यही हाम्रो नियम हो । हामी शान्ति चाहन्छौ महोदया, स्त्री र पुरुष सँगै बसेपछि त्यहाँ शान्ति हुदैन । रागहरुको संक्रमणबाट बच्न दुईवटा टेबल आवश्यक छ ।’ मण्डली नायक सगर्व प्रस्तुत भए ।
‘तर्क गजव छ । तर तपाइहरुको स्वतन्त्रताको परिभाषा के हो ? त्यो मैले बुझ्न सकिनँ ।’
‘त्यसलाई बुझ्न तपाइले आफ्नो नाम बहिष्कार गर्नु पर्छ । र, यो सामाजिक स्वतन्त्रता हो । हाम्रो समाजमा विभेदको शिकार कोही हुदैन । तपाइलाई देख्दा हामीले आफूहरु जस्तै सोचेका थियौं । तर तपाइ हाम्रो विरुद्ध उभिनु भयो ।’
नायकले दिउँसो सोधेका प्रश्नको जवाफ यसरी पूरा गर्यो । म चकित भएँ । शान्तिका याचनाकार, नाम बहिष्कारवादी र स्वतन्त्रताका अनुयायीहरु । स्त्री र पुरुष बीचको रागात्मक संक्रमणबाट बच्न टेबल विभाजन गरिरहेका थिए ।
‘तपाइहरुको बिरुद्ध म होइन, तपाइहरुकै अभिव्यक्ति उभिएको हो । शान्तिका याचानाकारहरु यसरी अशान्त भइरहनु भएको छ । अनि स्वन्त्रताको नाममा यो टेबल विभाजन ! यो एक आपसमा विवादास्पद कुरा भएन र ?’
‘तपार्इंलाई विवादास्पद लाग्न सक्छ । तर यही हाम्रो साधना हो । हामी आफ्ना इन्द्रियहरुलाई रागात्मक संक्रमणबाट बचाएर अघि बढ्न चाहन्छौ ।’
श्वेत नायकले त्यही कुरा दोहोर्याएपछि मलाई उनीहरुसँग थप बहस गर्न उचित लागेन ।
‘हस्, तपाइहरुको विभाजित टेबलले शान्ति प्राप्त गरोस्, मेरो शुभकामना छ ।’
यति भनेर म त्यहाँबाट हिडें । रातको एघार बजी सकेको थियो । मेरो समूहका साथीहरु सबै सुत्न गइसकेका रहेछन् । एकछिन संगीतको आनन्द उठाएर म पनि विश्राम गर्न होटेलको कोठातिर हिडेँ । मेरालागि दिइएको कोठामा जान त्यही श्वेत मण्डली बसिरहेको टेबल भएर गुज्रिनु पथ्र्यो । जानेक्रममा नचाहँदा नचाहँदै पनि मेरो नजर तिनीहरु बसिरहेको टेबलतिर पुग्यो । पल्लो टेबलमा बसेका महिला मण्डली उठेर गइसकेका रहेछन् । उनीहरुको टेबल रित्तो देखियो । तर पुरुष मडण्ली त्यही टेबलमा विचित्र अवस्थामा देखिए । नचाहेरै उनीहरुतिर पुगेको मेरो दृष्टि त्यहीं स्थीर भयो । उनीहरुले त्यहाँ केही गरिरहेका थिए ।
आखिर के भइरहेको हो यो ? मनको उत्सुकता बढेर गयो । म उनीहरुको टेबलतिर अरु नजिकिएँ ।
उफ् !
त्यहाँ बडो अनौठो घटना भइरहेको थियो । ती श्वेत वस्त्रधारीहरु आफ्ना पाइजामा फुकालेर एक अर्काका जननेन्द्रियमा निमग्न थिए । स्थीति बडो गम्भि। थियो । यस्तो गम्भिर स्थीतिसंग मेरो लाइभ दृष्टीगोचर कहिल्यै भएको थिएन । म जड भएर उभिए ।
समलिंगीहरुको यस्तो रुप त्यो पनि सर्वजनिक स्थलमा….. म ‘सक्ड’ भएँ । एकदम स्थिर उभिएर केहीबेर मेरा आखाहरुले त्यो विचित्र क्रियालाई हेर्न विवश भए ।
म त्यहाँ उभिएर उनीहरुको क्रियाकलाप हेरिरहेको श्वेत मण्डलीको नायकले देख्यो । तर उसले कुनै प्रतिक्रिया जनाएन । उल्टो एउटा मुस्कान मतिर फालेर आफ्नो इन्द्रिय पान गराउनतिर मग्न देखियो । खुला चउरको एउटा कुनामा, टेबल वरपर झुम्मिएर उनीहरुले यो सब गरिरहेका थिए । मलाई देखेर पनि उनीहरु विचलित भएनन् । म मात्रै होइन, केही पर अरु सहभागीहरु थिए । होटेलका कर्मचारी र बेयराहरु ओहोर दोहोर गरिरहेकै थिए । उनीहरुलाई ति कसैको पर्वाह थिएन । बस्, आफ्नो कर्ममा लिन भएर एक अर्काका इन्द्रिय पान गरिरहेका थिए ।
‘यो दृश्य अरुले देखेका होलान् की नाइँ ?’ मैले यता उता हेरें ।
कसैले उनीहरुको क्रियामा ध्यान दिएको देखिनँ । त्यसपछि म त्यहाँ उभिइरहन सकिनँ । बिचित्र अनुभव गर्दै म आफ्नो होटेलको कोठातिर हानिएँ ।
त्यो रात रातभर निन्द्रा लागेन । आखिर के थियो त्यो ? आफूलाई नाम बहिष्कारवादी भन्नेहरुले गरेको शान्ति याचना, या उनीहरुको जैविक स्वतन्त्रता ?
‘रागहरुको संक्रमणबाट बच्न दुईवटा टेबल आवश्यक छ ।’
भन्दै महिला मण्डलीको छुट्टै टेबल देखाएका श्वेत मण्डलीका पुरुष पात्रहरुको कुन चैं राग थियो त्यो ? जति प्रयास गर्दा पनि मैले उनीहरुको यो क्रियालाई सही ढंगले बुझ्न सकिन । रातभर छटपटी चलिरह्यो ।
बिहान पाँच बजे पछि म मर्निङ्ग वाक निस्किएँ । निस्किने बेलामा एकपटक फेरि म त्यही टेबल नजिक पुगेँ । यतिबेला टेबल रित्तो थियो । तर मेरो आँखामा श्वेत मण्डलीले छोडेका दृश्यहरु ओहोर दोहोर गरिरहेका थिए ।











