२३ भाद्र २०८३, मंगलवार
,
Latest
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत



अ+ अ-

एजेन्सी । एसियाली विकास बैङ्क (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।

रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो ।

कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

यसले वर्तमान खर्च र कर राजस्व बिचको अन्तरलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ । एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीको थालनीले सार्वजनिक वित्तीय प्रबन्धनमा सुधार गर्ने एडीबीले जनाएको छ ।

कार्यक्रमले निजी क्षेत्रको विकासलाई बढावाका साथ सुव्यवस्थित गर्न, लगानी, व्यापार प्रक्रिया र व्यापार सेवाहरूको आधुनिकीकरण तथा डिजिटाइजेसन गरी व्यापार प्रवर्दनमा मद्दत गर्नेछ ।