२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट ईन्डिजमा जारी टी–२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टोली दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।

कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह गएराति १ बजे आएका थिए । यस्तै, कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज बिहान १० बजे स्वदेश आइपुगेका हुन् ।

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएका हुन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले क्यानडाको रुट हुँदै नेपाल आउनुपर्ने हुँदा उनी दुई दिनपछि आइपुग्ने बताइएको छ ।

विश्वकपमा नेपालले समुहचरणका चार खेलमध्ये तीन खेलमा हार बेहोरेको थियो । श्रीलंकासँगको खेल भने वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।