१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति

राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छ: सभापति देउवा

राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान छ: सभापति देउवा
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताउनु भयो । उहाँले महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले संसारभर नै महिलाहरुको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गर्नुभयो । उहाँले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरु चुनावमा पराजय हुने भएकाले पराजय हुनेकुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुको धेरै ठूलो योगदान रहेको छ, नेपाली राजनीतिक परिवर्तनमा । भोलिको दिनमा नेतृत्व विकासमा पनि महिलाहरुको अग्रणी भुमिका रहेको खण्डमा सबै ठाउँमा महिलाहरुलाई अहिले समावेशी, समानुपातिकको रुपमा महिलाहरुलाई ठाउँ दिइएको छ । त्यसले गर्दा महिलाहरुको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने कुरामा मलाई विश्वास छ । महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु ।’

‘अहिले संसारभर नै महिलाहरुको अधिकारका लागि महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै एउटा आवाज उठेको छ । त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत नेपालमा हुनुभएको छ । विद्या भण्डारीजी दुई पटक हुनुभएको छ । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ । महिलाहरुले त्यस किसिमको योग्य र सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ । महिलाहरुको कुरा उठेको छ । केही महिलाहरुलाई सिटको व्यवस्था गर्नुपर्छ, चुनावमा नत्र समस्या पर्छ भन्नेकुरा छ । त्यो गरेर जान सकिने कुरा हो तर हाम्रो त महिला हारिहाल्छ समस्या पर्छ के । अरु पार्टीका महिला जित्ने हाम्रोका हार्ने । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ । महिला सशक्तिकरणको अभियान तपाईंहरु अघि बढाउनुस् ।’

सभापति देउवाले महिला सशक्तिकरणको अभियानलाई अघि बढाउन आग्रह गर्नुभयो ।