८ श्रावण २०८३, शुक्रबार
,
Latest
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिबन्धु टिस्टेट जग्गा प्रकरणमा छानबिन समिति गठन गर्न विश्वप्रकाशको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको भन्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिनुभयो । उहाँले ओलीले आवेगले प्रश्न उठाएको भन्दै उहाँले आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरुले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरिबन्धु प्रकरणमा काँग्रेसले ९१ बिगाह जगग बेचेर कमिसन खायो । त्यो कपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । यद्यनि म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रुपले बढी श्रद्धा गर्दछु । थुप्रै नेता हुनुहुन्छ । एउटा नेता कृष्णप्रसाद सिटौला, जो मेरो पार्टीकै नेता हुनुहुन्छ, अर्को नेता मेरो पार्टीको नेता होइन होला ।’

‘तर राष्ट्रको नेता हुनुहुन्छ, कमरेड केपी ओली । श्रद्धा गर्ने कुरामा म कहिल्यै कम्परमाइज गर्दिन तर प्रश्नमा म उत्तिकै लाग्छु । ०५२ सालमा एमालेकै सरकार हुने, भूमि सुधार मन्त्री एमालेको हुने, २०६० सालको सरकार सूर्यबहादुर थापा हुने, भूमि सुधार मन्त्री काँग्रेसको नहुने, ०७८ सालमा केपी ओलीकै टोटल सेट हुने, अनि गिरबन्धुमा निर्णय गर्दै गर्दा यही तीन वटा सरकारको पालामा हुने । काँग्रेस नै नभएको दोष काँग्रेसमाथि लगाउने, हामी चुप लागेर सुन्नुपर्ने ? उहाँको आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन काँग्रेस पछि पर्दैन । काँग्रेसले जवाफ दिन्छ । आज मिडियाका अघि म यो च्याप्टर क्लोज गर्न केपी ओलीजीलाई आग्रह गर्दै के भन्न चाहन्छु भने गिरिबन्धु प्रकरणमा काँग्रेसले यदी कुनै जग्गा कमिसन खाएर बेचेको कतै एक टुक्रा माटो छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, सरकारमा तपाईंहरु हुनुहुन्छ, खोल्नुस् गिरिबन्धुको फाइल र बनाउनुस् छानबिन समिति ।’

महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र काँग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताउनु भयो ।