२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हरायो



West Indies’ Nicholas Pooran runs to make his ground as England’s Liam Livingstone attempts a run out during the men’s T20 World Cup cricket match between England and the West Indies at Darren Sammy National Cricket Stadium, Gros Islet, St Lucia, Wednesday, June 19, 2024. (AP Photo/Ramon Espinosa)
अ+ अ-

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिज हराएको छ । बिहिबार बिहान भएको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको हो ।

वेस्ट इन्डिजले दिएको एक सय ८१ लक्ष्य इङ्गल्यान्डले १७ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो। इंग्ल्यान्डका ओपनर फिल साल्ट ४७ बलमा ७ चौका र ५ छक्कासहित ८७ रनमा अविजित रहे । यस्तै, जोनी बेयरिस्टो ४८ रनमा अविजित रहदा जस बटलरले २५ र मोइन अलीले १३ रनको योगदान दिए ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ३८, निकोलस पुरन र रोभम्यान पावेलले ३६/३६ रन बनाए । ब्रान्डन किङ २३ रनमा रिटार्यड हर्ट भए । यस्तै, शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड ५ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चर, अदिल राशिद, मोइन अली र लियाम लिभिङस्टोनले १/१ विकेट लिए । वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो ।

दोस्रो चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।




भर्खरै