२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको कोभिड १९ समितिद्धारा चिकित्सक संघसँग अन्तरक्रिया



अ+ अ-

नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले आज नेपाल चिकित्सक संघसँग अन्तरक्रिया गरेको छ । आज काठमाडौंमा गरिएको सो अन्तक्रियामा सो अनुगमन समितिका संयोजक एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कोभिडको प्रभावका साथै वर्तमान सरकार महामारीको नियन्त्रणमा गरेका कार्यहरुका बारेमा जानकारी लिनुभएको थियो । 

साथै उहाँले कोभिडका कारणले नेपालका चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुमा परेको प्रभावका बारेमा पनि जानकारी लिनुभएको थियो । 

त्यस क्रममा चिकित्सकहरुले महामारीको अग्रभागमा खटेका स्वास्थ्यकर्मीलाई दिने भनिएको सुविधा समेत नदिएर सरकारले अर्घेल्याईं गरेको गुनासो गरेका थिए । 
त्यसक्रममा सहमहामन्त्री डा.महतले सरकारले महामारी नियन्त्रणका क्षेत्रमा कुनै प्रभावकारी काम गर्न नसकेको बताए । 

उनले भने महामारी सुरु भएदेखि नै यो सरकार यस्तो अप्ठेरो समयलाई कमाउने धन्दाका रुपमा लिएको, औषधि तथा अन्य मेडिकल सामग्री किन्ने काममा समेत कमिसनको खेल भएको कुरा सर्वत्र चर्चा भएको बताएका थिए । 

डा.महतले चिकित्सकहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह पनि गरे । उनले नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सरकारले दिनुपर्ने विशेष सुविधाका लागि काँग्रेसले पहल गर्ने बताए । 

नेपालमा कोरोना खोप ल्याउने विषयमा पनि अन्तक्र्रिया भएको थियो । यस विषयमा डा.महतले चिकित्सकहरुसँग बुझ्नु भएको थियो । 
त्यस्तै स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका विभिन्न चासो र मुद्धाहरुलाई आफूले नेपाली काँग्रेसका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने डा.महतले बताएका थिए ।