२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ हुँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्ने भएको छ ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले ललितपुरको पुल्चोकमा असार ७,८ र ९ गते प्रथम सहकारी रोजगार मेला–२०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताउनु भयो । उहाँले दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरुलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताउनु भयो ।

अध्यक्ष मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताउनु भयो । उहाँले अहिले ३१ हजार सहकारीमा १ लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योदान गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले मेला विदेश पलायन युवा रोक्न,स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउनको लागि मेला आयोजना गरिएको बताउनु भयो । उहाँले उत्पादन तथा सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान गर्ने बताउनु भयो ।

मेलामा स्टार्टअप र साना व्यवसाय मार्फत स्वरोजगार गर्न चाहनेहरुको लागि नेटवर्किङको कार्य समेत हुने बताउनु भयो । महासंघले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ ।