२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद क्षेत्रको विकासमा गम्भिर बन्न आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराउनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समूदायलाई उपेक्षित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराउनु भयो । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुद मन्त्रालयलाई सरकारले हाई प्रायोरिटीमा राख्नुपर्ने हो । तर राख्न सकेनौं । आज हामी युवा तथा खेलकुद क्षेत्रलाई उपेक्षित क्षेत्र, सबैभन्दा काम नलाग्ने मानिसहरुले खेल्ने खेल्ने क्षेत्रको रुपमा बुझिरहेका छौं । त्यसैले सरकारले सबैभन्दा कम बजेट यसमा एलोकेट गरेको छ । त्यसैले यो मन्त्रालयलाई बुझ्ने विषयमा अलि सिरिएस बन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्रीले । अहिलेको खेलकुद मन्त्रीले ध्यान दिन नसकेपनि यो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले बेस्सरी ध्यान दिनुपर्ने हो । यसका लागि राष्ट्रिय खेलाडीहरुको आईडेन्टीफाई गर्ने र उनीहरुका लागि रेगुलर पारिश्रमिकको व्यवस्था गर्ने, प्रोत्साहित गर्ने योजनावद्ध रुपमा खेलाडीहरु उत्पादन गर्ने कुरामा प्लान हाम्रो हुनुपर्छ । र यो क्षेत्रालई हामीले प्रोफेशनल बनाउन सक्नुपर्छ ।’

प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।