१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी

प्रधानमन्त्री आफैँ खेलकुद क्षेत्रमा गम्भिर बन्नुपर्छ: मेटमणि चौधरी
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद क्षेत्रको विकासमा गम्भिर बन्न आग्रह गर्नुभएको छ ।

उहाँले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराउनुभएको हो । बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समूदायलाई उपेक्षित गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराउनु भयो । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरुलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवा तथा खेलकुद मन्त्रालयलाई सरकारले हाई प्रायोरिटीमा राख्नुपर्ने हो । तर राख्न सकेनौं । आज हामी युवा तथा खेलकुद क्षेत्रलाई उपेक्षित क्षेत्र, सबैभन्दा काम नलाग्ने मानिसहरुले खेल्ने खेल्ने क्षेत्रको रुपमा बुझिरहेका छौं । त्यसैले सरकारले सबैभन्दा कम बजेट यसमा एलोकेट गरेको छ । त्यसैले यो मन्त्रालयलाई बुझ्ने विषयमा अलि सिरिएस बन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्रीले । अहिलेको खेलकुद मन्त्रीले ध्यान दिन नसकेपनि यो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले बेस्सरी ध्यान दिनुपर्ने हो । यसका लागि राष्ट्रिय खेलाडीहरुको आईडेन्टीफाई गर्ने र उनीहरुका लागि रेगुलर पारिश्रमिकको व्यवस्था गर्ने, प्रोत्साहित गर्ने योजनावद्ध रुपमा खेलाडीहरु उत्पादन गर्ने कुरामा प्लान हाम्रो हुनुपर्छ । र यो क्षेत्रालई हामीले प्रोफेशनल बनाउन सक्नुपर्छ ।’

प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।