१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा



अ+ अ-

काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।

बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताउनु भयो । उहाँले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरुमा छलफल भएको बताउनु भयो । उहाँले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग हामीले परामर्श र छलफल गरेका छाँै । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरुमा कतिपय कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरु पनि सँगसँगै थिए । ति सबै सन्दर्भमा संविधान, कानून र हाम्रा अभ्यासहरुले गरेका प्रवन्धहरुका सन्दर्भमा स्पष्टता महशुस भयो र त्यसका निम्ति हामीले उहाँहरुलाई आमन्त्रण गरेका थियौँ । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमलचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगाना उहाँहरु हाम्रो आमन्त्रणमा आउनुभएको थियो । आजको बैठकमा आज उहाँहरुसँग भोलि छानबिनको क्रममा आइपर्ने विविध पक्षहरुका सन्दर्भमा कानूनी प्रवन्धहरु लगायतका विषयमा छलफल गरेका छौँ । समितिले उहाँहरुसँगको छलफलबाट लाभान्वित भएको महशुस गरेको छ । अर्को बैठक १० गते बस्नेछ ।’

आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि बताउनु भयो ।