१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे संसदमा प्रभु साह र अमरेशको आक्रोश

कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे संसदमा प्रभु साह र अमरेशको आक्रोश
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताउनु भयो । उहाँले मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताउनु भयो । उहाँले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको नि:शुल्क उपचारको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसका कवाडी व्यवसायीहरु आन्दोलनरत छन् । कानूनी रुपले पनि सही छ । यहीँ पाटन उच्च अदालतबाट दुई वटा अन्तरिम आदेश जारी छ की उनीहरुको कवाडी नहटाउनु । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, रंगभेद, जातिभेद, लिंगभेदको लागि, वर्गभेदका लागि धेरै आन्दोलन भएका छन् । तर अहिले पनि २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन । मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने यो कस्तो हो । कस्तो रणनीति हो सरकारको । दर्जनौँ घाइते भएका छन् । उनीहरुको उपचार नि:शुल्क होस् । साथै काठमाडौंलाई रणमैदान बनाउन खोज्नुभएको छ । सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छाँै । किनभने म्हानगरले नै सिकाएको हो ।’

उहाँले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रशन गर्नुभयो । उहाँले काठमाडौंका कवाड व्यवसायीहरुलाई फोहोर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।