२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवाडी व्यवसायीहरुमाथि प्रहरी धरपकडबारे संसदमा प्रभु साह र अमरेशको आक्रोश



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य प्रभु साहले सांकेतिक बिरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीहरुमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको जवाफ माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीहरुमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गर्नुभएको हो । उहाँले सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जन बढी गम्भीर घाइते भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘सांकेतिक बिरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो । तर हिजो कवाड व्यवसायीहरु सांकेतिक जुलुसमा थियो । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । यसमा म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो । त्यसमा संलग्न प्रहरीमाथि कारबाहीको माग गर्न चाहन्छु ।’

प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीहरुमाथि सरकारले दमन गरेको बताउनु भयो । उहाँले मधसी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताउनु भयो । उहाँले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइतेहरुको नि:शुल्क उपचारको माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसका कवाडी व्यवसायीहरु आन्दोलनरत छन् । कानूनी रुपले पनि सही छ । यहीँ पाटन उच्च अदालतबाट दुई वटा अन्तरिम आदेश जारी छ की उनीहरुको कवाडी नहटाउनु । शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, रंगभेद, जातिभेद, लिंगभेदको लागि, वर्गभेदका लागि धेरै आन्दोलन भएका छन् । तर अहिले पनि २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ । एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन । मधेसको मान्छे काठमाडौंमा देख्नै नहुने यो कस्तो हो । कस्तो रणनीति हो सरकारको । दर्जनौँ घाइते भएका छन् । उनीहरुको उपचार नि:शुल्क होस् । साथै काठमाडौंलाई रणमैदान बनाउन खोज्नुभएको छ । सबै फोहोर बालेन साह र महानगरपालिका अगाडि थुपारौँ । त्यसको लागि हामी साथमा छाँै । किनभने म्हानगरले नै सिकाएको हो ।’

उहाँले काठमाडौंलाई रणमैदान बनाउन खोजिएको हो भन्दै गृहमन्त्रीसँग प्रशन गर्नुभयो । उहाँले काठमाडौंका कवाड व्यवसायीहरुलाई फोहोर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको घर र महानगर अगाडि लगेर फाल्न आग्रह गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।