१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम सम्बन्धमा दरार आएपछि गोलेले आफैंलाई गोली हानेको प्रारम्भिक आशंका



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र गोली हानी आत्महत्या गरेका प्रहरी जवान अजीत गोलेले भिडियो कल गर्दै आफूलाई गोली हानेको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।

प्रहरीको अनुसन्धानको क्रममा जवान गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँगको सम्बन्धमा दरार आएको बुझिएको छ ।

घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल फेला परेको अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए । उनले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा आफैंले बोकेको इन्सास राइफलले गोली हानेका थिए । गोलेका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

करिब ५ महिनाअघि गोलेले आफ्नी प्रेमिकासँग इन्गेटमेन्ट गरेका थिए । उनकी प्रेमिका दुबईमा बस्दै आएकी बताईएको छ । सम्बन्धमा दरार आएपछि उनले भिडिओ कल गरेर गोली हानेको पाईएको अधिकारीले बताए ।

‘प्रेमिकासँग विवाद हुन थालेपछि गोलेले पटक पटक ‘मर्छु’ भन्दै प्रेमिकालाई म्यासेज गरेको भेटिएको छ । बुधबार बिहान भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको छ’, उनले भने ।

अजीत गोले नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए। उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।