२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी



अ+ अ-

काठमाडौँ । दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा राखिएका छन् । बबरमहलस्थित आर्ट काउन्सिलमा ‘सिर्जना–२०२४ थ्रेड्स स् अफ सिमुटियनिटी’ शीर्षकमा कला प्रदर्शनी गरिएको हो ।

सिर्जन कलेज अफ फाइन आर्टले आइतबारदेखि सुरु गरेको प्रदर्शनी शुक्रबारसम्म सञ्चालन हुने जनाएको छ । कलाकारहरुका चित्रकला, मूर्तिकला, कार्टुनकला तथा प्रतिस्थापन कलाले प्रदर्शनीस्थल सजिएको छ । कलेजको कला क्षेत्रमा अध्ययन गरी कलालाई प्रोत्साहन गर्दै आएका पाका पुस्तका कलाकारको सिर्जनालाई महत्वपूर्ण स्थान दिइएको आयोजकको भनाइ छ ।

प्रदर्शनीमा शशीविक्रम शाह, वैत्यगोपाल वैद्य, कृष्ण मानन्धर, मदन चित्रकार, गौतम मानन्धर, नवीन्द्रमान राजभण्डारी, लोक चित्रकार, सुनिल रञ्जीत, देविना मल्ल, सुष्मा शाक्य, देवेन्द्र पाण्डे, भावना मानन्धर, सम्झना राजभण्डारी, चन्द्रश्याम डङ्गोल, मनिषलाल श्रेष्ठ, सौरगङ्गा दर्शनधारी, कृष्ण गोपाल श्रेष्ठ, मुकेश श्रेष्ठ, कुलदिप जङगबहादुर गुरुङ, विजय महर्जन, सुर्जामणि शाक्य, मनोज शाक्य मञ्जु, सौगात शाक्य, निपुर्ण बज्राचार्य, सौगात श्रेष्ठ गरी २५ जना पाका कलाकारका सिर्जना राखिएका छन् । रासस