९ चैत्र २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि टिचिङ लगियो



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र गोली हानी आत्महत्या गरेका प्रहरी जवान अजीत गोलेको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

बुधबार बिहान दोलखा घर भएका २२ वर्षीय गोलेले शौचालयमा गएर आफैँलाई गोली हानेका थिए ।

उनले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा आफैंले बोकेको इन्सास राइफलले गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गोलेका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीको हेडक्वाटरबाट खटाइएको स्पेशल टाक्स फोर्समा कार्यरत थिए । उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए। उनलाई बिहानको समयमा ड्युटीमा खटाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।