२० असार २०८३, शनिबार
,
Latest
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकपको अन्तिम १६ मा राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत नेपाल–चीन व्यापार फोरम : लगानी, प्रविधि र निर्यात विस्तारमा जोड विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाका डा. देवेन्द्र बहादुर खत्री उपरथीमा बढुवा



अ+ अ-

काठमाडाैंः नेपाली सेनाकाे प्राविधिक उपरथीमा डा. देवेन्द्र बहादुर खत्री पदाेन्नति हुनु भएकाे छ । मन्त्रीपरिषद्को यही पुस १५ गतेकाे निर्णय अनुसार प्राविधिक सहायक रथी डा. खत्री उपरथीमा बढुवा हुनु भएकाे हाे । डा. खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको नेपाली सेनाले जनाएकाे छ ।  

उपरथी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक उपरथी डा. देवेन्द्र बहादुर खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको पनि सेनाले जनाएकाे छ । साे समाराेहमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियाे ।